दफा ९९ : कर निर्धारण

Estimated reading: 0 minutes 415 views

(१) कुनै व्यक्तिले देहायका रकमहरु खुलाई आयविवरण दाखिला गर्नु पर्ने मितिमा कुनै आय वर्षको आय विवरण दाखिला गरेको रहेछ भने सो आय विवरणको कर निर्धारण गरे सरह मानिनेछ;

(क) दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले सो आय वर्षमा तिर्नु पर्ने आय विवरणमा उल्लेख गरेको रकम, र

(ख) आय विवरणमा उल्लेख गरेको उक्त वर्षको तिर्न बाँकी कर रकम ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा आय विवरण दाखिला नभएसम्मको लागि आय विवरण पेश गर्नु पर्ने मितिमा देहाय बमोजिम कर निर्धारण गरे सरह मानिनेछ,

(क) परिच्छेद–१७ बमोजिम प्राप्त गरेको रकमबाट कट्टी भएको कुनै करको रकम तथा निजले परिच्छेद–१८ बमोजिम सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै रकमको योग बराबर निजको सो वर्षको करको रकम भएको मानिनेछ , र

(ख) कर निर्धारण बमोजिम कर तिर्न बाँकी नरहेको मानिनेछ ।

Share this Law

दफा ९९ : कर निर्धारण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.