दफा ९५ : दाखिला गर्नु पर्ने अनुमानित करको विवरण

Estimated reading: 0 minutes 410 views

(१) कुनै आय वर्षमा किस्ता दाखिला गर्नु पर्ने प्रत्येक व्यक्तिले दफा ९४ बमोजिम सो वर्षमा पहिलो कर किस्ता रकम बुझाउनु पर्ने मितिभित्र सो वर्षका लागि सो व्यक्तिको देहायका रकमको अनुमान उल्लेख गरी सोको विवरण विभागबाट तोकिएको ढाँचा र तरिकामा विभागमा पेश गर्नु पर्नेछ;

(क) रोजगारी, व्यवसाय र लगानीको प्रत्येक स्रोतबाट उक्त व्यक्तिले सो वर्षमा प्राप्त गर्न सक्ने निर्धारणयोग्य आय तथा त्यस्तो आयको स्रोत,

(ख) सो वर्षमा प्राप्त हुनसक्ने सो व्यक्तिको करयोग्य आय र औषधी उपचार खर्च बापत कर मिलानको रकम नघटाई दफा ४ बमोजिम गणना गरी दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम,

(ग) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाएको आय रकम र सो आयमा दफा ४ को उपदफा (५) बमोजिम गणना गरिएको दफा ३ को खण्ड (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम, र

(घ) विभागले तोकेको अन्य कुनै विवरण ।

(२) उपदफा (१) मा उल्लिखित व्यक्तिको उपदफा (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कर रकमको योग सो आय वर्षमा दाखिला गर्नु पर्ने अनुमानित कर हुनेछ ।

(३) उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै आय वर्षमा दाखिला गर्नु पर्ने करको अनुमान गर्न दफा ७१ ब्मोजिम दाबी गरिने वैदेशिक कर मिलान रकमको गणना गर्दा कुनै व्यक्तिले सो वर्षमा दाखिला गरेको कुनै वैदेशिक कर वा सो वर्षमा दाखिला गर्नु पर्ने भनी निजले अनुमान गरेको विदेशी आयकर मात्र गणना गर्नु पर्नेछ ।

(४) करको किस्ता दाखिला गर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिमको ढाँचामा आवश्यक जानकारी उल्लेख गरी संशोधनका कारणहरु खुलाई संशोधित अनुमान विभागमा पेश नगरेसम्म निजले सो उपदफा बमोजिम गरेको अनुमान सो आय वर्ष भरको लागि कायम रहनेछ ।

(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले उपदफा (४) बमोजिम पेश गरेको संशोधित अनुमान विभाग समक्ष पेश गरेको मितिपछि सो आय वर्षमा दफा ९४ बमोजिम बुझाउनु पर्ने करको किस्ताको हिसाब गर्दा मात्र लागू हुनेछ ।

(६) उपदफा (१) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्ति वा करको किस्ता दाखिला गर्नु पर्ने कुनै वर्गले उपदफा (१) बमोजिम अनुमान पेश गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ ।

(७) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिम कुनै आय वर्षमा अनुमान पेश नगरेमा वा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा विभाग सन्तुष्ट नभएमा विभागले देहाय बमोजिम गर्न सक्नेछ;

(क) सो व्यक्तिको सो वर्षमा दाखिला गर्नु पर्ने अनुमानित करको अनुमान दफा ३ को खण्ड (क) वा (ख) मा उल्लिखित व्यक्तिले गत आय वर्षमा दाखिला गर्नु पर्ने करको आधारमा गर्न सक्नेछ, र

(ख) विभागले खण्ड (क) बमोजिम तयार गरेको अनुमान सो अनुमान तयार गर्न प्रयोग गरेको तरिका र व्यक्तिले पेश गरेको अनुमानमा विभाग सन्तुष्ट हुन नसकेको भए सोको कारण समेत उल्लेख गरिएको लिखित सूचना विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई दिनेछ ।

(८) विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई उपदफा (७) बमोजिम सूचना दिएमा सो वर्षमा सो व्यक्तिले दाखिला गर्नु पर्ने अनुमानित कर रकम विभागले अनुमान गरेको रकम हुनेछ ।

Share this Law

दफा ९५ : दाखिला गर्नु पर्ने अनुमानित करको विवरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.