दफा ८१ : कागजातको अभिलेख राख्ने

Estimated reading: 0 minutes 355 views

(१) यस ऐन बमोजिम कर बुझाउनु पर्ने दायित्व भएको प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार, ढाँचा, लेखापरीक्षणको प्रमाणिकरण वा अन्य प्रकारले गर्नु पर्ने प्रमाणिकरण तथा प्रमाणित गर्ने कागजातहरुका अतिरिक्त देहाय बमोजिमका आवश्यक कागजातहरु नेपालमा खडा गरी राख्नु पर्नेछ;

(क) यस ऐन बमोजिम विभागमा पेश गर्नुपर्ने आय विवरण वा अन्य कुनै कागजातहरुलाई पुष्ट्याइँ गर्ने आवश्यक सूचना तथा कागजात,

(ख) निजले बुझाउनुपर्ने कर निर्धारण गर्न सघाउ पुर्‍याउने कागजात,

(ग) खर्च कट्टीलाई पुष्ट्याइँ गर्ने कागजात ।

(२) विभागले लिखित रुपमा सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक यस दफा बमोजिमका कागजातहरु सम्बन्धित आय वर्ष समाप्त भएको मितिले  पाँच वर्षको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको कुनै कागजात नेपाली वा अंग्रेजी भाषामा नभएमा विभागले लिखित सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई निजको आफ्नै खर्चमा त्यस्तो कागजातलाई प्रचलित कानून बमोजिम मान्यता प्राप्त अनुवादकबाट नेपाली भाषामा गरिएको अनुवादप्रति पेश गर्न लगाउन सक्नेछ ।

(४) विभागले मापदण्ड र प्रक्रिया तोकी कुनै व्यक्तिले विद्युतीय माध्यमबाट बीजक जारी गर्न र उपदफा (१) बमोजिम राख्नुपर्ने कागजातहरु विद्युतीय माध्यमबाट राख्न स्वीकृति दिन सक्नेछ।

Share this Law

दफा ८१ : कागजातको अभिलेख राख्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.