परिच्छेद- १० निकायहरुका लागि विशेष व्यवस्था

दफा ५३. : निकायबाट हुने वितरण

Estimated reading: 0 minutes 46 views

(१) निकायबाट हुने वितरणमा देहायका कुराहरु समावेश गर्नु पर्नेछ;

(क) निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी ,

(ख) मुनाफाको पूँजीकरण ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (क) मा उल्लेख भएको कुनै भुक्तानी निम्न अवस्थाहरुमा मात्र वितरण भएको मानिनेछ;

(क) निकायबाट प्राप्त हुनसक्ने प्रतिफलको सट्टामा हिताधिकारीले उक्त निकायलाई भुक्तानी गरेको रकमभन्दा सो भुक्तानी बढी भएमा , र

(ख) सो भुक्तानीमा निम्न रकमहरु समावेश नभएमा;

(१) हिताधिकारीको आयको गणना गर्दा समावेश भएका रकमहरु,

(२) वितरणको कारणले बाहेक अन्तिम रुपमा कर कट्टी भएको भुक्तानीहरु ।

(३) कुनै निकायको वितरणले सो निकायको सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पूँजीको फिर्ता मानिनेछ ।

(४) देहायका कुनै अवस्थामा कुनै निकायको वितरणलाई दफा ५५ को अधीनमा रही मुनाफाको वितरण मानिनेछ;

(क) उपदफा (३) मा उल्लिखित किसिमको वितरण भएमा र वितरणको समयमा निकायको दायित्वको बजार मूल्य तथा पूँजीकृत गरिएको मुनाफा समेत समावेश भएको पूँजी योगदान रकमको जम्मा रकमभन्दा सम्पत्तिको बजार मूल्य बमोजिमको रकम बढी भएमा

(ख) मुनाफाको पूँजीकरण भएमा ।

(५) उपदफा (३) मा उल्लिखित वितरण मुनाफाको वितरण नभएको हदसम्म पूँजी फिर्ता भएको मानिनेछ ।

(६) कुनै निकायको वितरण पूँजीको फिर्ता नभएको हदसम्म सो निकायको लाभांश मानिनेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मुनाफाको पूँजीकरण” भन्नाले बोनस शेयर वा यस्तै कुनै हित जारी गरी पूँजिकृत गरेको वा सो निकायको हितको चुक्ता रकममा वृद्धि गरेको वा निकायको प्रिमियम तथा पूँजी खातामा नाफालाई आम्दानी बाँधेको समेतलाई जनाउँछ ।

Share this Law

दफा ५३. : निकायबाट हुने वितरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.