परिच्छेद- १० निकायहरुका लागि विशेष व्यवस्था

दफा ५२ : निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु

Estimated reading: 0 minutes 47 views

(१) कुनै निकाय कर दाखिल गर्ने प्रयोजनको लागि त्यसको हिताधिकारीभन्दा छुट्टै रुपमा जिम्मेवार हुनेछ ।

(२) निकायबाट हुने वितरण दफा ५३ मा उल्लेख भए बमोजिम हुनेछ र त्यसरी हुने वितरणमा दफा ५४ बमोजिम यसका हिताधिकारीलाई कर लगाइनेछ ।

(३) निकायबात प्राप्त गरिएको रकम र व्यहोरिएको खर्च रकम निकायले अन्य व्यक्तिको लागि प्राप्त गरेको वा नगरेको वा खर्च व्यहोरेको वा नव्यहोरेको जे जस्तो भए पनि निकायले प्राप्त गरेको र व्यहोरेको मानिनेछ ।

(४) निकायको स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई सोही निकायको स्वामित्व वा भारमा रहेको मानिनेछ । यस्तो स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई अन्य कुनै व्यक्तिको स्वामित्व वा भारमा रहेको मानिने छैन ।

(५) निकायको आयको लागि त्यसको व्यवस्थापक , हिताधिकारी वा निकाय जोसुकैले दाखिला गरेको विदेशी आयकर सो निकायले दाखिला गरेको मानिनेछ ।

(६) कुनै निकाय र यसका व्यवस्थापक तथा हिताधिकारी बीचको कारोबारलाई परिच्छेद –७ र दफा ४५ को अधीनमा रही मान्यता दिइनेछ ।

Share this Law

दफा ५२ : निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.