करका दरहरु

Estimated reading: 1 minute 19 views

१. प्राकृतिक व्यक्तिको सम्बन्धमाः

(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२), (४)  र (४क) को अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ;

(क) पाँच लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएका एक प्रतिशत,

तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन।

(ख) पाँच लाख रुपैयाँभन्दा बढी तर सात लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड(क) बमोजिम पाँच लाख रुपैयाँसम्म पाँच हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोन्य आयमा दश प्रतिशत,

(ग) सात लाख  रुपैयाँभन्दा बढी तर दश लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम सात लाख रुपैयाँसम्म पच्चीस हजार रुपैयाँ र सात लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत ,

(घ) दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम दश लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत र

(ङ) बीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप तीस प्रतिशत अतिरिक्त कर।

(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पत्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) र (४क) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ;

(क) छ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,

तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन।

(ख) छ लाख रुपैयाँभन्दा बढी तर आठ लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोलिम छ लाख रुपैयाँसम्म छ हजार रुपैयाँसम्म छ हजार रुपैयाँ र छ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत,

(ग) आठ लाख रुपैयाँभन्दा बढी तर एघार लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख)  बमोजिम आठ लाख रुपैयाँसम्म छब्बीस हजार रुपैयाँ र आठ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,

(घ) एघार लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम एघार लाख रुपैयाँसम्म छयासी हजार रुपैयाँ र एघार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत,

(ङ) बीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको  दरमा थप तीस प्रतिशत अतिरिक्त कर।

(३)  उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ;

(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पाँच लाख रुपैयाँभन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिमको छनौट गरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा छ लाख रुपैयाँभन्दा बढी आय भएको,

(ख) गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदनुरुप करयोग्य आयको गणनामा समावेश भएको ।

(४)  उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ ;

(क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको त्यस्तो रकम  मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ;

(१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,

(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पाँच लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा छ लाख रुपैयाँ ।

(ख) त्यस्तो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ
तर ,

(१) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा ) को स्वामित्व पाँच वर्ष वा पाँच वर्ष भन्दा बढी भएको छ भने पाँच प्रतिशतका दरले कर  लाग्नेछ

(२) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष भन्दा कम रहेको छ भने सात दशमलब पाँच प्रतिशतका दरले कर लाग्नेछ

(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलब पाँच प्रतिशतका दरले कर लाग्नेछ

1(४क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिको दफा ९५क. को उपदफा (६ख), (६ग), (६घ) बमोजिमको आयमा पाँच प्रतिशतले कर लाग्नेछ

(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमिजोम करको गणना गरिनेछ।

(६) नेपाल विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिनेछ।

(७) यस ऐनको दफा ४ का उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिमको हुनेछ;

(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा सात हजार रुपैयाँ,

(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा चार हजार  रुपैयाँ,

(ग) खण्ड (क) र (ख) मा उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ।

(८) गैरबासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ

2(९)  ………………………….

3(९क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेको भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।

तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिमभन्दा बढी हुने छैन।

(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्गता बएको रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।

(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकरतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ।

(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ बने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालीस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।

(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीबाट यातायात व्यवस्था कार्यालय मार्फत सवारी साधन दर्ता वा नवीकरणका बखत देहाय बमोजिमको वार्षिक आयकर असुल गरिनेछः

सवारीको किसिम  प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर  
(१) कार, जिप, भ्यान, माइक्रो बस  
(क) १३०० सी.सी. सम्म   रु. ५,५०० ।- 
(ख) १३०१ सी.सी. देखि २००० सी.सी. सम्म   रु. ६,००० ।-  
(ग) २००१सी.सी.  देखि २९०० सी.सी. सम्म   रु. ६,५०० ।-  
(घ) २९०१ सी.सी. देखि ४००० सी. सी.  सम्म   रु. ८,००० ।-  
(ङ) ४००१ सी.सी. देखि माथि सबै  रु. ९,००० ।-  
(२) मिनीट्रक, मिनीबस, पानी टेङ्कर   रु. ८,००० ।- 
(३) मिनी ट्रिपर   रु. ९,००० ।- 
(४) ट्रक, बस   रु. १०,५०० ।-  
(५) डिजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरण   रु. १५,५०० ।- 
(६) तेल टैङ्कर, ग्यास बुलेट, टिपर  रु. १५,५०० ।- 
(७) ट्रेक्टर   रु. २,५०० ।- 
(८) पावर टिलर   रु. २,००० ।- 
(९) अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो   रु. २,५०० ।- 
(१०) विद्युतीय सवारी साधन  
(क) ५० किलोवाटसम्म   रु. ३,००० ।- 
(ख) ५० किलोवाटदेखि १२५ किलोवाटसम्म   रु. ४,००० ।- 
(ग) १२५ किलोवाटदेखि २०० किलोवाटसम्म   रु. ६,००० ।- 
(घ) २०० किलोवाटभन्दा माथि सबै   रु. ७,५०० ।- 

4(१४)……………………..

4(१५) …………………….

(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।

3 (१६क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बिमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।

(१७) ऐनको दफा ४क. को उपदफा (४क) बमोजिम कारोबार रकमको कर गणना गर्दा तीस लाख रुपैयाँसम्मको कारोबारमा ऐनको दफा४ को उपदफा (४) बमोजिमको दरले कर लाग्नेछः

(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलब दुई पाँच प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलब तीन प्रतिशत,

(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको एक प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमब आठ प्रतिशत,

(ग) सेवा व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको दुई प्रतिशत।

(२) निकायको सम्बन्धमाः

(१) यस दफाको उपदफा (२), (३),(५) र (७) को अधीनमा रही कुनै आय वर्षमा कुनै निकायको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ

(२) कुनै आय वर्षमा कुनै बैङ्क, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वित्तीय कारोबार गर्ने निकाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्क व्यवसाय, कमोडिटी फ्यूचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी। सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पानमसला, मदिरा, बियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्नेछ

स्पष्टीकरणः पेट्रोलियम कार्यको हकमा “करयोग्य आय” भन्नाले पेट्रोलियम सम्झौतामा उल्लिखित कार्यविधि तथा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारण भएको करयोग्य आय सम्झनु पर्छ।

(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछ;

(क) नगरपालिका क्षेत्रभित्र सञचालन भएकोमा पाँच प्रतिशत,

(ख) उपमहानगरपालिका क्षेत्रभित्र सञचालन भएकोमा सात प्रतिशत,

(ग) महानगरपालिका क्षेत्रभित्र सञचालन भएकोमा दश प्रतिशत,

तर बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको हकमा देहायको दरले कर लाग्नेछः

(१) नगरपालिका क्षेत्रभित्र सञचालन भएकोमा दश प्रतिशत,

(२) उपमहानगरपालिका क्षेत्रभित्र सञचालन भएकोमा पन्ध्र प्रतिशत,

(३) महानगरपालिका क्षेत्रभित्र सञचालन भएकोमा बीस प्रतिशत,

4(३क) ………………….

(३ख) सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको कर योग्य आयमा बीस प्रतिशतको दरले कर लाग्नेछ

4(४) …………………..

(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा  त्यस्तो ट्रष्टलाई बासिन्दा प्राकृतिक व्यक्ति सरह मानी यस हनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्नेछ

(६) कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ

(७) कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ

तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा दुई प्रतिशतका दरले कर लाग्नेछ

 

1आर्थिक ऐन, २०७९ द्वारा थप। 

2 आर्थिक ऐन, २०७७ द्वारा झिकिएको। 

3 आर्थिक ऐन, २०७८ द्वारा थप। 

4 आर्थिक ऐन, २०७६ द्वारा झिकिएको।

Share this Law

करका दरहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.