दफा ९२ : अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी

Estimated reading: 0 minutes 608 views

(१) देहायका भुक्तानीलाई अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी मानिनेछ ;

(क) बासिन्दा कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश,

(ख) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसंग गाँसिएका जडानहरु र उपकरणहरु बापत भुक्तानी गरेको भाडा ,

(ग) बासिन्दा व्यक्तिले लगानी बिमा बापत भुक्तानी गरेको लाभ,

(घ) बासिन्दा व्यक्तिले तिरेको स्वीकृत नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

 (ङ) दफा ८८ को उपदफा (३) उल्लेख भए बमोजिम बैङ्क, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको देहाय बमोजिमको ब्याज;

(१) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,

(२) दफा २ को खण्ड (ध) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको।

 (च) दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम गैर बासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनु पर्ने भुक्तानी ।

(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानी समेत सबै प्रकारका अवकाश  भुक्तानी (नियमित रुपमा भुक्तानी हुने निवृत्तिभरण बाहेक),

(ज) प्रति बैठक बीस हजार रुपैयाँसम्मको बैठक भत्ता, पटके रुपमा अध्यापन गराए वापत, प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जाँच गरे वापतको भुक्तानी,

(झ) आकस्मिक लाभ वापतको भुक्तानी,

(ञ) सामुहिक लगानी कोष (म्युचुअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम।

(ट) एकलौटी फर्म बाहेकका प्राकृतिक व्यक्तिको सवारी वा ढुवानी साधनको भाडा वा ढुवानी सेवा वापतको भुक्तानी।

(२) अग्रिम कर कट्टी गर्ने व्यक्तिले वा कर कट्टी हुने व्यक्तिले अन्तिम रुपमा कट्टी हुने भुक्तानीबाट दफा ८७, ८८,८८क. वा ८९ बमोजिम कर कट्टी गरेको वा दफा ९० को उपदफा (३) बमोजिम कट्टी गरिएको भनी मानिएको कर रकम विभागलाई दाखिला गरेमा दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिनेछ ।

Share this Law

दफा ९२ : अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.