दफा ८५ : करको भुक्तानीको समय, स्थान र तरिका

Estimated reading: 0 minutes 448 views

(१) यस ऐन बमोजिम तिर्नु पर्ने कर तोकिएको स्थान र तरिका बमोजिम बुझाउनु पर्नेछ र त्यसरी तिर्नुपर्ने कर विद्युतीय माध्यमबाट समेत तिर्नुपर्ने गरी विभागले तोक्न सक्नेछ।

(२) यस ऐन बमोजिम तिर्नु पर्ने कर उपदफा (१) का अधीनमा रही देहायको समयमा बुझाउनु पर्नेछ;

(क) अग्रिम कर कट्टी गरी दाखिला गर्नु पर्नेले दफा ९० को उपदफा (४) मा उल्लिखित समयमा,

(ख) किस्ताबन्दीमा कर बुझाउनु पर्नेले दफा ९४ को उपदफा (१) मा उल्लिखित समयमा,

(ग) निर्धारण गरिएका कर बुझाउनु पर्नेले–

(१) दफा ९९ बमोजिमको कर निर्धारण सम्बन्धमा आय विवरण बुझाउनु पर्ने मितिमा ,

(२) दफा १०० को उपदफा (२) बमोजिम गरिएको कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र,

(३) दफा १०१ बमोजिम भएको संशोधित कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्याद भित्र,

(घ) दफा १०४ को उपदफा (८), दफा १०९ को उपदफा (१) वा दफा ११० को उपदफा (१) बमोजिम विभागलाई बुझाउनु पर्ने रकमहरुको सम्बन्धमा सो सूचनामा उल्लिखित मितिमा,

(ङ) दफा १०७ को उपदफा (२) कुनै निकायले कर नबुझाई कायम हुन आएको दायित्वको सम्बन्धमा सो निकायबाट जुन समयमा कर बुझाउनु पर्ने हो साही समयमा,

(च) दफा १०८ को उपदफा (३) वा (४) बमोजिम माग गरिएको रकमको सम्बन्धमा क्रमश ः लिलाम बिक्री गरी रकम मिलान गरिएको वा मिलान गर्न नसकिएको मितिले सात दिनभित्र, र

(छ) दफा १२२ बमोजिम निर्धारण गरिएका शुल्क तथा ब्याजको सम्बन्धमा निर्धारणको सूचनामा उल्लिखित मितिमा ।

(३) देहायका अवस्थामा कर बुझाउनु पर्ने मिति प्रभावित हुने छैन;

(क) कर असूलउपर गर्न परिच्छेद–२० बमोजिम विभागले गरेको कारबाही, वा

(ख) यस ऐन बमोजिम अन्य कारबाही गर्न प्रारम्भ गरिएकोमा ।

Share this Law

दफा ८५ : करको भुक्तानीको समय, स्थान र तरिका

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.