दफा ७८ : स्थायी लेखा नम्बर

Estimated reading: 0 minutes 497 views

(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको पहिचान गर्ने प्रयोजनका लागि विभागले त्यस्तो व्यक्तिलाई स्थायी लेखा नम्बर  जारी गर्नेछ ।

तर विभागबाट स्वीकृति प्राप्त निकायले यस ऐनको प्रक्रिया पुर्‍याई त्यस्तो स्थायी लेखा नम्बर प्राप्त गर्न सक्नेछ। यसरी जारी गरिएको स्थायी लेखा नम्बर प्राप्त गर्ने करदाताले विभागले तोकेको अवधिसम्म पैठारी निर्यातको कारोबार गर्न सक्ने छैन। 

(२) विभागले कुनै पनि व्यक्तिलाई यस ऐनको प्रयोजनको लागि प्रयोग गरिने कुनै आय विवरण, विवरण, कथन वा अन्य कागजानतमा आफ्नो स्थायी लेखा नम्बर उल्लेख गर्न आदेश दिन सक्नेछ ।

(३) विभागले  कुनै पनि  व्यक्तिलाई स्थायी लेखा नम्बर देखाउनुपर्ने वा उल्लेख गर्नुपर्ने अवस्था तोक्न सक्नेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (३) बमोजिमको व्यक्तिले कारोबार गर्नुभन्दा पहिले स्थायी लेखा नम्बर लिनु पर्नेछ।

1(४क) उपदफा (४) बमोजिम स्थायी लेखा नम्बर लिई कारोबार गर्ने व्यक्तिले तोकिएको अवधिभित्र विभागले तोके  बमोजिमको दर्ता सम्बन्धी विवरण वायोम्याट्रिक प्रणालीमा अद्यावधिक गर्नु पर्नेछ।

(५) उपदफा (१), (२), (३), वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थायी लेखा नम्बर नलिएको कारणबाट कुनै व्यक्तिले करको दायित्वबाट फुर्सद पाउने छैन।

1आर्थिक ऐन, २०७६ द्वारा थप। 

Share this Law

दफा ७८ : स्थायी लेखा नम्बर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.