दफा ७० : नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने कर

Estimated reading: 0 minutes 454 views

(१) जल, यात्रा सञ्चालन, चार्टर सेवा सञ्चालन वा हवाई यातायात सञ्चालन गर्ने गैरबासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो वर्षमा अन्तर चलान (ट्रान्ससिपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यहरुबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ;

(क) नेपालबाट प्रस्थान हुुने यात्रुहरुको ओसार पसार, वा

(ख) नेपालबाट चलान गरिएको डाँक, पशुपंक्षी वा मालसामानको ओसार पसार ।

(२) तार, रेडियो, अप्टिकल फाइवर वा भू–उपग्रह सञ्चारको व्यवसाय सञ्चालन गर्ने गैरबासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको सम्प्रेषणबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरुमा अनुसूची–१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ
तर,

(क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नु पर्ने कर गणना गर्दा ती रकमहरुलाई गणना गर्नु पर्ने छैन ,

(ख) ती रकमहरुको गणनासंग सम्बन्धित खर्चहरु सो बाँकी करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन, र

(ग) ती रकमहरुका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाद दाखिला गर्नु पर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “गैरबासिन्दा व्यक्ति” भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरुको समूहभित्र रहेको बासिन्दा निकाय सम्झनु पर्छ ।

Share this Law

दफा ७० : नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने कर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.