दफा ६४ : आकाश कोषमा कर

Estimated reading: 1 minute 444 views

(१) अवकाश कोषको आय निर्धारण गर्ने प्रयोजनको लागि यस ऐन बमोजिम समावेश हुने वा कट्टी हुने रकमहरु कोषको आय गणना गर्दा समावेश वा कट्टी गर्नु पर्नेछ ।

तर,–

(क) सो कोषमा प्राप्त योगदान सो कोषको आम्दानी हुने छैन र त्यस्ता
योगदानलाई गणनामा समावेश गरिने छैन ।

(ख) अवकाश भुक्तानीहरु सो कोषको खर्च हुने छैन र त्यस्त भुक्तनीलाई आयको गणना गर्दा कट्टी गर्न पाईने छैन ।

(ग) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित सो कोषको दायित्व हुने छैन ।

(२) स्वीकृत अवकाश कोषको आयमा कर लाग्ने छैन ।

(३) कुनै स्वीकृत अवकाश कोष त्यस्तो कोषको रुपमा नरहेमा त्यस्तो कोषले खण्ड (क) बमोजिमको रकमबाट खण्ड (ख) बमोजिमको रकम घटाई हुने रकममा अनुसूची-१ को दफा २ को उपदफा(१) मा उल्लिखित  करको दर अनुसार हुन आउने रकम कर बुझाउनु पर्नेछ ।

(क) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषमा जम्मा भएको सबै अवकाश योगदानहरु र उपदफा (२) लागू नभएको भए करयोग्य आय मानिने सबै आय रकम,

(ख) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषले
भुक्तानी दिएको सबै अवकाश भुक्तानी रकम ।

Share this Law

दफा ६४ : आकाश कोषमा कर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.