दफा ९ : लगानीबाट भएको आयको गणना

Estimated reading: 0 minutes 451 views

(१) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरु सो व्यक्तिको सो लगानीको सो वर्षको आय हुनेछ ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे बापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरु समावेश गर्नु पर्नेछ ;

(क) सो लगानीबाट प्राप्त लाभांश, ब्याज, प्राकृतिक स्रोत बापतका भुक्तानी, भाडा, रोयल्टी, लगानी बिमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,

(ख) परिच्छेद–८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभ,

(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्दा अनुसूची–२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरु (आउटगोइङ्गस) सहितको बाँकी मूल्य भन्दा प्राप्त हुने आम्दानीहरु (इनकमिङ्गस) बढी भएमा सो बढी भएजति रकम,

(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार,

(ङ) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,

(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरु र

(छ) परिच्छेद–६ वा ७ वा  दफा ५६ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरु ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरु समावेश गरिने छैन्न ;

(क) दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी,र

(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायाबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।

Share this Law

दफा ९ : लगानीबाट भएको आयको गणना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.