परिच्छेद-९ विविध

दफा ७४ः खर्च तथा क्षतिपूर्ति भराउन सक्ने

Estimated reading: 0 minutes 96 views

१) यस ऐन बमोजिम शुरु गरिएको दामासाही सम्बन्धी काम कारबाहीका सम्बन्धमा अदालतले दिएको आदेश वा निर्णय उपर कुनै व्यक्तिको सम्बन्धित अदालतमा पुनरावेदन परी पुनरावेदन तहबाट समेत अदालतको आदेश वा निर्णय सदर भएमा यस्तो कारबाहीका सिलसिलामा अर्को पक्षले व्यहोर्नु परेको सम्पूर्ण खर्च पुनरावेदन गर्ने व्यक्तिबाट भराई लिन पाउनेछ।

२) कुनै व्यक्तिले उपदफा (१) बमोजिम कारबाही चलाएको कारणबाट दामासाहीको काम कारबाही लम्बिन गई सम्बन्धित कम्पनी वा त्यसका साहू वा शेयरधनीहरुलाई कुनै हानि नोक्सानी पुग्न गएको देखिएमा अदालतले त्यस्तो व्यक्तिबाट वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति समेत भराइदिन सक्नेछ ।

Share this Law

दफा ७४ः खर्च तथा क्षतिपूर्ति भराउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.