दफा ३५ः पुनर्संरचना कार्यक्रम हेरफेर तथा परिवर्तन हुन सक्ने

Estimated reading: 0 minutes 352 views

१) पुनर्संरचना कार्यक्रम कार्यान्वयन हुँदाका बखत सो कार्यक्रम यथावतरुपमा पूरै वा आंशिकरुपमा कार्यान्वयन हुन नसक्ने तर सो कार्यक्रम हेरफेर वा परिवर्तन गरी कार्यान्वयन हुन सक्ने देखिएमा पुनर्संरचना व्यवस्थापकले सो कार्यक्रम हेरफेर वा परिवर्तन गर्न साहूहरूको सभा बोलाउनेछ।

२) उपदफा (१) बमोजिम बोलाइएको सभाले कार्यक्रम हेरफेर वा परिवर्तन गर्ने प्रस्ताव पारित गरेमा स्वीकृतिका लागि अदालतमा पेश गर्नु पर्नेछ।

३) उपदफा (२) बमोजिम पेश भएको कार्यक्रम साहूहरूको हितको लागि स्वीकृत गर्न मनासिब हुने देखिएमा अदालतले त्यसो गर्ने आदेश दिन सक्नेछ।

४) उपदफा (३) बमोजिम स्वीकृत भएको कार्यक्रम हेरफेर वा परिवर्तन भए बमोजिम कार्यान्वयन गर्नु पर्नेछ।

Share this Law

दफा ३५ः पुनर्संरचना कार्यक्रम हेरफेर तथा परिवर्तन हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.