दफा ५९ः बदर हुने कारोबारहरू

Estimated reading: 0 minutes 357 views

१) कुनै कम्पनी दामासाहीमा परेको भए देहायका कारोबारहरू बदर हुनेछन्‌ ;

(क) दामासाही सम्बन्धी कारबाही प्रारम्भ हुनुभन्दा लगत्तै छ महिना पहिले वा सो कारबाही प्रारम्भ भएको छ महिनाको अवधिभित्र गरिएका अग्राधिकारयुक्त कारोबारहरू,

(ख) दामासाही सम्बन्धी कारबाही प्रारम्भ हुनुभन्दा लगत्तै एक वर्ष पहिले वा सो कारबाही प्रारम्भ भएको एक वर्षको अवधिभित्र कम्पनीका सम्बद्ध व्यक्तिसँग भएका अग्राधिकारयुक्त कारोबारहरू,

स्पष्टीकरण: खण्ड (क) र (ख) को प्रयोजनका लागि “अग्राधिकारयुक्त कारोबार” भन्नाले कम्पनी खारेज हुँदाका बखत सुरक्षित साहूबाहेकका अन्य साहले कम्पनी उपर दाबी गरेको भए जति रकम पाउन सक्दथ्यो सोभन्दा बढी भुक्तानी पाउने गरी भए गरेको कारोबार सम्झनु पर्छ।

(ग)दामासाही सम्बन्धी कारबाही प्रारम्भ हुनुभन्दा लगत्तै एक वर्ष पहिले वा सो कारबाही प्रारम्भ भएको एक वर्षको अवधिभित्र कम मूल्य राखी कुनै कारोबार भई सोको परिणामस्वरुप कम्पनी दामासाहीमा परेमा वा दामासाही सम्बन्धी कारबाही शुरु भएपछि कम मूल्य राखी भए गरेका अन्य कारोबार,

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “कम मूल्यको कारोबार” भन्नाले कारोबार गर्ने अर्को पक्षलाई कम्पनीले दिएको प्रतिफलबापत कम्पनीले प्रचलित बजार मूल्यभन्दा कम मूल्य पाएको वा कुनै मूल्य नै नपाएको कारोबार सम्झनु पर्छ।

(घ)दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्नुभन्दा लगत्तै दुई वर्ष पहिले वा सो कारबाही प्रारम्भ भएको दुई वर्षको अवधिभित्र भए गरेका जालसाजपूर्ण कारोबारहरू,

स्पष्टीकरण: यस खण्डको प्रयोजनका लागि “जालसाजपूर्ण कारोबार” भन्नाले कम्पनीका साहूलाई ठग्ने, भुक्तानी दिन ढिलो गर्ने वा साहको हकमा प्रतिकूल असर पुर्‍याउने बदनियतले कम्पनीको सम्पत्तिको सम्बन्धमा भएको कारोबार सम्झनु पर्छ।

२) उपदफा (१) बमोजिमका कारोबारलाई बदर गराउन लिक्विडेटरले अदालतमा निवेदन दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम निवेदन दिँदा त्यस्ता कारोबार गर्दाका बखत कम्पनी दामासाहीमा परेको वा त्यस्ता कारोबार भएको कारणले कम्पनी परेको कुरा लिक्विडेटरले पुष्टि गर्नु पर्नेछ।

४) बदर हुने कारोबारलाई बदर गराउने सम्बन्धमा भएको कारबाहीमा कम्पनीको सम्बद्ध व्यक्ति संलग्न भएको देखिएमा त्यस्तो कारोबार हुँदाका बखत कम्पनी दामासाहीमा परेको वा सोही कारणले दामासाहीमा परेको हो भन्ने कुरा अनुमान गरिनेछ ।

Share this Law

दफा ५९ः बदर हुने कारोबारहरू

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.