दफा ५०ः निर्धारण भै नसकेको वा भैपरी आउने दायित्वको दाबी

Estimated reading: 0 minutes 348 views

१) दफा ४८ मा लेखिएदेखि बाहेक दामासाहीमा परेको कम्पनीले कुनै करार पालना नगरेको वा उल्लङ्घन गरेको कारणबाट पुगेको क्षति वा चुक्ता गर्नु पर्ने क्षतिपूर्ति वा अन्य कुनै देवानी दायित्व सृजना हुने जस्ता कामबाट उत्पन्न दायित्वको रकम निर्धारण भई नसकेको दायित्व बापतको दाबी वा कुनै जमानत सम्झौता अन्तर्गत कम्पनीले दिएको जमानतमा ऋणीले दायित्व पुरा नगरी कम्पनीको दायित्व कायम भई नसकेको भैपरी आउने दायित्वको दाबी दफा ४८ को उपदफा (१) बमोजिम प्रस्तुत गर्न सकिनेछ।

२) उपदफा (१) बमोजिमको दाबी प्राप्त भएकोमा पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले त्यस्तो दाबी दफा ४८ को उपदफा (३) बमोजिम स्वीकार वा इन्कार गरी सोही दफाको उपदफा (४) बमोजिम सूचना दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम त्यस्तो दाबी स्वीकार भएकोमा पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले त्यस्तो दाबीको अनुमानित रकमसमेत निर्धारण गर्नु पर्नेछ।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो दाबीको रकम निर्धारण गर्न पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले अदालतमा निवेदन गर्न सक्नेछ र त्यसरी निवेदन पर्न आएमा अदालतले त्यस्तो दाबीको अनुमानित रकम निर्धारण गर्नु पर्नेछ।

५) उपदफा (२) बमोजिम दाबी इन्कार गरेको वा उपदफा (३) बमोजिम निर्धारण गरेको त्यस्तो दाबीको अनुमानित रकममा चित्त नबुझ्ने व्यक्तिले सोको सूचना पाएको पन्ध्र दिनभित्र अदालतमा उजूर गर्न सक्नेछ।

Share this Law

दफा ५०ः निर्धारण भै नसकेको वा भैपरी आउने दायित्वको दाबी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.