दफा ८ः दामासाहीको कारबाहीका लागि निवेदन गर्न नसकिने

Estimated reading: 0 minutes 381 views

१) दफा ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कम्पनीका सम्बन्धमा देहायका अधिकारीको पूर्व स्वीकृति प्राप्त नगरी दामासाही सम्बन्धी कारबाही गर्न अदालतमा निवेदन गर्न सकिने छैन;

(क) बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैङ्कको,

(ख) बिमा व्यवसाय गर्ने बिमा कम्पनीका हकमा बिमा ऐन,२०४९ बमोजिम गठित बिमा समितिको, वा

(ग) खण्ड (क) वा (ख) मा लेखिए बाहेक प्रचलित कानुन बमोजिम अधिकारप्राप्त निकाय वा अधिकारीको स्वीकृति बिना स्वेच्छाले खारेज हुन नसक्ने कम्पनीको हकमा त्यस्तो अधिकारीको ।

२) उपदफा (१) मा उल्लेख भएका कम्पनीका सम्बन्धमा दामासाही सम्बन्धी कारबाहीका लागि निवेदन दिँदा सो उपदफामा उल्लेख भएका अधिकारीले सो प्रयोजनका लागि दिएको स्वीकृतिको प्रतिलिपि निवेदन साथ पेश गर्नु पर्नेछ।

Share this Law

दफा ८ः दामासाहीको कारबाहीका लागि निवेदन गर्न नसकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.