दफा २३ः पुनर्संरचना कार्यक्रम तयार गर्नु पर्ने

Estimated reading: 0 minutes 357 views

१) अदालतले दफा २२ को उपदफा (२) बमोजिम कुनै कम्पनीको पुनर्संरचना गर्ने आदेश दिएकोमा पुनर्संरचना व्यवस्थापकले लिखितहरूमा कम्पनीको पुनर्संरचना कार्यक्रम तयार गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम तयार भएको कार्यक्रममा देहायका कार्यक्रम समावेश भएको हुनु पर्नेछ;

(क) कम्पनीको ऋणलाई पूँजीकरण गरी पूँजीको संरचनामा हेरफेर गर्ने,

(ख) कम्पनीको जायजेथाको कुनै अंश बिक्री गरी साहूको दाबी भुक्तानी गर्ने,

(ग) कम्पनीका साहूहरूको दाबीको प्रकृतिमा परिवर्तन गरी सो बापत धितोपत्र जारी गर्ने,

(घ) कम्पनीका साहूहरूलाई निजहरूको दाबीबापत शेयर जारी गरी पूँजी लगानीमा सहभागी बनाउने,

(ङ) कम्पनीलाई कुनै अर्को कम्पनीसँग गाभ्ने,

(च) कम्पनीको व्यवस्थापन परिवर्तन गर्ने, वा

(छ) कम्पनी पुनर्संरचना गर्न अदालतले उपयुक्त ठानेको आवश्यक अन्य कुनै कार्य गर्ने ।

Share this Law

दफा २३ः पुनर्संरचना कार्यक्रम तयार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.