दफा ५७ः दायित्वको भुक्तानी क्रम

Estimated reading: 1 minute 363 views

१) लिक्विडेटरले खारेजीमा परेको कम्पनीको दायित्व यस ऐन बमोजिम फर्छ्यौट गर्दा उपलब्ध रकमलाई देहाय बमोजिमको प्राथमिकताका आधारमा दायित्वको भुक्तानी गर्नु पर्नेछ;

(क) दफा ११ को उपदफा (४) बमोजिम नियुक्त अन्तरिम प्रशासकले सम्पादन गरेको कार्यसँग सम्बन्धित सम्पूर्ण खर्च तथा पारिश्रमिक,

(ख) परिच्छेद-२ बमोजिम फर्छ्यौट गर्नु पर्ने अन्य रकमहरू,

(ग) दफा १० को उपदफा (३) र (४) बमोजिम नियुक्त जाँचबुझ अधिकारीले सम्पादन गरेको कार्यसँग सम्बन्धित सम्पूर्ण खर्च तथा पारिश्रमिक,

(घ) दफा २२ को उपदफा (२) बमोजिम नियुक्त पुनर्संरचना व्यवस्थापकले सम्पादन गरेको कार्यसँग सम्बन्धित सम्पूर्ण खर्च तथा पारिश्रमिक,

(ङ) दामासाहीको कारबाहीको जाँचबुझ अवधिमा लिइएको कम्पनीका सम्पूर्ण ऋण,

(च) कम्पनीको पुनर्संरचना कार्यक्रम अवधिमा लिइएको कम्पनीको सम्पूर्ण ऋण,

(छ) दफा ३७ को उपदफा (१) बमोजिम नियुक्त लिक्विडेटरले सम्पादन गरेको कार्यसँग सम्बन्धित खर्च तथा पारिश्रमिक,

(ज) यस ऐन बमोजिम कम्पनी खारेज गर्ने वा पुनर्संरचना गर्ने आदेश भएका बखत कम्पनीका कामदार वा कर्मचारीलाई दिन बाँकी रहेको ज्याला तथा पारिश्रमिकको रकम,

तर कम्पनीको सञ्चालकले त्यस्तो रकम पाउने छैन।

(झ) कम्पनी खारेज गर्ने वा पुनर्संरचना गर्ने आदेश भएका बखत कम्पनीका कामदार वा कर्मचारीलाई दिन बाँकी रहेको घर विदाको रकम, विरामी विदाको रकम, उपदान बापतको रकम र कर्मचारी संचयकोषको सुविधा भए सो बापतको रकम,

तर कम्पनीको सञ्चालकले त्यस्तो रकम पाउने छैन।

(ञ) लिक्विडेटरले स्वीकार गरेका ऋण दाबी बापतको अन्य सम्पूर्ण रकम ।

२) उपदफा (१) बमोजिमको प्राथमिकता क्रममा पर्ने प्रत्येक दायित्वलाई समानरुपमा व्यवहार गर्नु पर्नेछ र त्यस्तो क्रममा परेका सम्पूर्ण दायित्व पुरा फर्छ्यौट गर्नु पर्नेछ ।

तर त्यस्तो दायित्व पुरा फर्छ्यौट गर्न नपुग्ने भएमा समानुपातिक हिसाबमा फर्छ्यौट गर्नु पर्नेछ।

३) कम्पनीको कुनै दायित्व बिमा गरिएको भएमा यस्तो बिमा करार अन्तर्गतको रकम हक पुग्ने व्यक्तिलाई भुक्तानी गर्नु पर्नेछ ।

४) उपदफा (१), (२) वा (३) बमोजिमको दायित्वको पुरा फर्छ्यौट भएमा बाँकी रहेको रकमबाट लिक्विडेटरले कम्पनी खारेज गर्ने वा पुनर्संरचना गर्ने आदेश भएको मितिदेखि ऋण दाबी स्वीकार गरिएको मितिसम्मको ऋणमा लाग्ने ब्याज चुक्ता गर्नु पर्नेछ र सो चुक्ता भै बाँकी रहेको रकम कम्पनीका अग्राधिकार शेयरधनीहरुलाई वितरण गरी बाँकी रहेको रकम अन्य शेयरधनीहरुलाई समानुपातिक हिसाबमा वितरण गरिनेछ।

Share this Law

दफा ५७ः दायित्वको भुक्तानी क्रम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.