दफा ६९ः छुट्टै खाता खडा गर्नु पर्ने

Estimated reading: 0 minutes 290 views

१) यस ऐन बमोजिम नियुक्ति भएको पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले यस ऐन बमोजिम दामासाही सम्बन्धी कारबाही गर्दा आफू नियुक्ति भएको प्रत्येक कम्पनीको छुट्टै बैङ्क खाता खोली खाता सञ्चालन गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम खोलिएको बैङ्क खातामा निजले प्राप्त गरेको सम्पूर्ण रकम जम्मा गरिनेछ।

३) उपदफा (१) बमोजिम खोलेको बैङ्क खातामा जम्मा भएको बचत रकम तोकिएको क्षेत्रमा मात्र लगानी गर्नु पर्नेछ ।

४) उपदफा (१) मा लेखिएदेखि बाहेक पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले दामासाहीमा परेको प्रत्येक कम्पनीको दामासाही सम्बन्धी कारबाहीको पूर्ण तथा यथार्थ विवरण देखिने अन्य लेखा तथा सोको बहीखाता खडा गर्नेछ र त्यस्तो बहीखाताको विवरण आवश्यकता अनुसार अदालत वा कार्यालयमा पेश गर्नु पर्नेछ ।

५) पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले आफ्नो कर्तव्य पालना गरिसकेपछि यस दफा बमोजिम आफूले खडा गरेका लेखा तथा बहीखाता र सोको विवरण कानुन बमोजिम लेखापरीक्षण गराई कार्यालयमा बुझाउनु पर्नेछ।

Share this Law

दफा ६९ः छुट्टै खाता खडा गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.