दफा ६६ः इजाजतपत्र निलम्बन वा बदर गर्न सकिने

Estimated reading: 0 minutes 288 views

१) अदालतले दफा ६४ को उपदफा (३) बमोजिम इजाजतपत्रप्राप्त व्यक्तिले इजाजतपत्र अनुसारको काम नगरेको उजुरी परेमा वा कार्यालयले प्रतिवेदन गरेमा वा अदालत आफैलाई लागेमा सोको कारबाही प्रारम्भ गरी त्यस्तो व्यक्तिको इजाजतपत्र निलम्बन वा बदर गर्ने आदेश दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम आदेश दिनुअघि त्यस्तो व्यक्तिलाई सफाईको मौका दिनु पर्नेछ।

३) अदालतले देहायका आधारमा उपदफा (१) बमोजिमको आदेश दिन सक्नेछ;

(क) इजाजतपत्रप्राप्त व्यक्तिले यस ऐन बमोजिम गर्न नहुने काम गरेमा,

(ख) इजाजतपत्रप्रास व्यक्तिले यस ऐन बमोजिम गर्नु पर्ने काम लापरबाहीसाथ गरेमा वा ठीकसँग गर्न नसकेमा,

(ग) दामासाहीको व्यवसाय गर्ने इजाजतपत्रप्राप्त व्यक्ति आफै दामासाहीमा परेमा,

(घ) दामासाहीको व्यवसाय गर्न इजाजतपत्रप्रापत व्यक्ति भ्रष्टाचार, ठगी वा कीर्ते जालसाजीको कसूरमा अदालतबाट दोषी ठहरिएमा ।

Share this Law

दफा ६६ः इजाजतपत्र निलम्बन वा बदर गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.