परिच्छेद-६ साहूको दाबी तथा भुक्तानी विधि

दफा ५४ः सुरक्षित साहूले दाबी गर्न सक्ने

Estimated reading: 0 minutes 50 views

१) सुरक्षित साहूले कुनै पनि बखत कम्पनी उपर ऋणको दाबी गर्न सक्नेछ र पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले दफा ४८ को उपदफा (३) बमोजिम उक्त दाबी स्वीकार वा इन्कार गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम दाबी गरिने रकम सुरक्षणमा रहेको सम्पत्तिको बजार मूल्यबाट प्राप्त रकम र सुरक्षित साहूले कम्पनीबाट भुक्तानी पाउनु पर्ने बाँकी रकमको फरक रकममा मात्र सीमित रहनु पर्नेछ।

३) उपदफा (२) बमोजिम सुरक्षित सम्पत्तिको मूल्य र भुक्तानी पाउनु पर्ने बाँकी रकमबीच फरक भएको रकमका सम्बन्धमा सुरक्षित साहू र दामासाहीमा परेको कम्पनीबीच विवाद भएमा सो विषयमा चित्त नबुझ्ने पक्षले अदालतमा निवेदन दिन सक्नेछ र यसरी परेको निवेदन उपर बिचार गरी अदालतले त्यस्तो फरक रकमको निर्धारण गरि दिन सक्नेछ।

Share this Law

दफा ५४ः सुरक्षित साहूले दाबी गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.