दफा ५३ः ऋणको समायोजन गर्ने

Estimated reading: 0 minutes 331 views

१) दामासाहीमा परको कम्पनी र त्यस्तो कम्पनी उपर ऋण दाबी गर्ने साहूबीच अन्य कारोबार भएको रहेछ भने देहाय बमोजिम ऋण वा त्यस्तो ऋण दाबी वा कारोबारको समायोजन गर्नु पर्नेछ;

(क) एक पक्षले अर्को पक्षलाई तिर्न बाँकी रहेको रकम निर्धारण गर्ने,

(ख) खण्ड (क) बमोजिम निर्धारण गरिएको रकमबाट एक पक्षले अर्कोलाई भुक्तानी गर्नु पर्ने रकम घटाउने,

(ग) खण्ड (ख) बमोजिम घटाउँदा कायम हुन आएको रकमलाई मात्र कम्पनीले भुक्तानी गर्नु पर्ने ऋण रकमको दाबी कायम गर्ने ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनी दामासाहीमा परिसकेको थाहा पाएको वा थाहा पाउनु पर्ने मनासिब कारण भएको बखत त्यस्तो कम्पनीलाई ऋण दिने वा कम्पनीबाट ऋण लिने व्यक्तिले निजले कम्पनीलाई दिनु पर्ने रकमबाट निजले कम्पनीबाट प्राप्त गर्न बाँकी रकम घटाउनको लागि दाबी गर्न पाउने छैन।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “दामासाहीमा परिसकेको कम्पनी” भन्नाले कम्पनीको पुनर्संरचना वा खारेजीका लागि अदालतमा निवेदन दर्ता भएको अवस्थाको कम्पनी सम्झनु पर्छ।

Share this Law

दफा ५३ः ऋणको समायोजन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.