दफा ४६ः कम्पनी खारेजका सम्बन्धमा अदालतले आदेश दिन सक्ने

Estimated reading: 0 minutes 310 views

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खारेजीको प्रक्रियामा रहेको कुनै कम्पनीका सम्बन्धमा अदालतले कुनै पनि बखत देहायको आदेश जारी गर्न सक्नेछ;

(क) कम्पनीको खारेजी मुलतबी गर्ने वा अन्त्य गर्ने,

(ख) कम्पनीको जायजेथा लिक्विडेटरलाई बुझाउन लगाउने,

(ग) किस्ता तलब माग गरिएको रकम भुक्तानी गर्ने,

(घ) कम्पनीको कुनै सम्पत्ति कसैले भोगचलन गरिरहेको शङ्का भएमा सो भोगचलन रोक्ने, वा

(ङ) लिक्विडेटरलाई आफ्नो काम र कर्तव्य पालना गर्दा वा अधिकार प्रयोग गर्दा बाधा अवरोध पुर्‍याउने व्यक्तिलाई पक्राउ गर्ने।

Share this Law

दफा ४६ः कम्पनी खारेजका सम्बन्धमा अदालतले आदेश दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.