दफा ४२ः लिक्विडेटरले प्रतिवेदन पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 310 views

१) लिक्विडेटरले आफू नियुक्त भएको मितिले तीन महिनाभित्र कम्पनी खारेजीका सम्बन्धमा भएको काम कारबाहीको प्रगति प्रतिवेदन तयार गरी अदालत र कार्यालयमा पेश गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम पेश भएको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछ;

(क) कम्पनीको जारी पूँजी, शेयरधनीले लिन कबुल गरेको पूँजी तथा चुक्ता पूँजीको रकम,

(ख) कम्पनीको जायजेथा र दायित्वको अनुमानित रकम,

(ग) कम्पनीको आर्थिक असफलताको कारण सम्बन्धमा लिक्विडेटरको राय,

(घ) कम्पनीको प्रवर्द्धन, संस्थापना वा कम्पनी तथा यसका सञ्चालक र शेयरधनीहरुको काम कारबाहीका सम्बन्धमा थप जाँचबुझ गर्न आवश्यक भएको सम्बन्धमा लिक्विडेटरको राय,

(ङ) लिक्विडेटरले उचित ठहराएको अन्य आवश्यक कुरा।

Share this Law

दफा ४२ः लिक्विडेटरले प्रतिवेदन पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.