दफा ३८ः कम्पनी खारेजीको काम कारबाही प्रारम्भ भएमा हुने परिणाम

Estimated reading: 0 minutes 307 views

१) कुनै कम्पनी खारेज गर्ने काम कारबाही प्रारम्भ भएपछि त्यस्तो कम्पनीका सम्बन्धमा देहायका कुराहरूमा देहाय बमोजिम हुनेछ;

(क) कम्पनीका सञ्चालक तथा पदाधिकारी आफ्नो पदबाट मुक्त भएमा सो कम्पनीको व्यवस्थापनका सम्बन्धमा सो कम्पनीका सञ्चालक तथा पदाधिकारीले प्रयोग गर्ने सम्पूर्ण अधिकार लिक्विडेटरले प्रयोग गर्नु पर्ने,

(ख) सुरक्षित साहूको कब्जामा रहेको सम्पत्तिबाहेक कम्पनीका सम्पूर्ण जायजेथा, हिसाब किताब र लेखा लिक्विडेटरले आफ्नो जिम्मा र नियन्त्रणमा लिनु पर्ने,

(ग) लिक्विडेटरले अन्यथा आदेश दिएकोमा बाहेक कम्पनीले नियुक्त गरेका कम्पनीका सम्पूर्ण कर्मचारीहरूको सेवा अन्त्य हुने।

२) देहायका कुरामा बाहेक दफा १९ बमोजिमको स्वतः स्थगन सम्बन्धी व्यवस्था खारेजीको काम कारबाही कायम रहेको अवधिभर लागू हुनेछ;

(क) यस ऐन बमोजिम सुरक्षित साहूको चलन चलाउने अधिकारको कार्यान्वयन, वा

(ख) यस ऐन बमोजिम कम्पनीले पट्टामा लिएको सम्पत्ति पट्टा दिनेलाई फिर्ता लिने अधिकारको कार्यान्वयन ।

Share this Law

दफा ३८ः कम्पनी खारेजीको काम कारबाही प्रारम्भ भएमा हुने परिणाम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.