दफा ३०ः कुनै सम्पत्तिको मालिक वा सम्पत्ति पट्टामा दिने व्यक्तिको हकमा असर नपर्ने

Estimated reading: 0 minutes 316 views

१) यस परिच्छेद बमोजिम साहूको सभाबाट पारित भै अदालतबाट स्वीकृत भएको पुनर्संरचना कार्यक्रमबाट कम्पनीको प्रयोग वा कब्जामा रहेको वा कम्पनीको भोगचलनमा रहेको सम्पत्तिको धनी वा त्यस्तो सम्पत्ति पट्टामा लिएको भए पट्टा दिनेलाई देहायका अवस्थामा बाहेक त्यस्तो सम्पत्तिको अधिकार चलन चलाउन वा फिर्ता गर्न बाधा पुग्ने छैन;

(क) त्यस्तो सम्पत्तिको धनी वा पट्टा दिनेले त्यस्तो कार्यक्रमको पक्षमा मतदान गरेमा वा अन्य कुनै किसिमले सो कार्यक्रम आफूलाई मान्य हुने भनी लिखित सहमति दिएमा,

(ख) त्यस्तो सम्पत्तिको धनी वा पट्टा दिनेलाई सो कार्यक्रम बाध्यात्मक हुने भनी अदालतले आदेश दिएमा ।

२) अदालत देहायका कुरामा सन्तुष्ट भएमा उपदफा (१) को खण्ड (ख) बमोजिमको आदेश दिन सक्नेछ;

(क) त्यस्तो सम्पत्तिको धनी वा पट्टा दिनेले सो सम्पत्ति फिर्ता लिएमा पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्दा हुने उपलब्धिमा आधारभूत रूपमा प्रतिकूल असर पर्ने भएमा,

(ख) त्यस्तो पुनर्संरचना कार्यक्रम अन्तर्गत सो सम्पत्ति र त्यस्तो सम्पत्तिको धनी वा पट्टा दिनेको हित पर्याप्त रूपमा संरक्षण हुने भएमा ।

Share this Law

दफा ३०ः कुनै सम्पत्तिको मालिक वा सम्पत्ति पट्टामा दिने व्यक्तिको हकमा असर नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.