दफा २९ः सुरक्षित साहूहरूको हकमा असर नपर्ने

Estimated reading: 0 minutes 287 views

१) यस परिच्छेद बमोजिम साहूको सभाबाट पारित भई अदालतबाट स्वीकृत भएको पुनर्संरचना कार्यक्रमले देहायका अवस्थामा बाहेक सुरक्षित साहूलाई सुरक्षण चलन गर्न वा अन्य कुनै किसिमले कारोबार गर्न वाधा पुर्‍याउने छैन;

(क) सुरक्षित साहूले पुनर्संरचना कार्यक्रमको पक्षमा मतदान गरेमा वा अन्य कुनै तरिकाले त्यस्तो कार्यक्रम आफूलाई मान्य हुने गरी आफ्नो सहमति दिएमा, वा

(ख) सुरक्षित साहूलाई सो कार्यक्रम बाध्यात्मक हुने भनी अदालतले आदेश दिएमा ।

२) अदालत देहायका कुरामा सन्तुष्ट भएमा उपदफा (१) को खण्ड (ख) बमोजिमको आदेश दिन सक्नेछ;

(क) सुरक्षित साहूले आफूले लिएको सुरक्षण चलन चलाउँदा पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्दा हुने उपलब्धिमा आधारभूत रूपमा प्रतिकूल असर पर्न सक्ने भएमा,

(ख) त्यस्तो कार्यक्रमले सुरक्षित साहूको सुरक्षणमाथि रहेको हक र सुरक्षणको पर्याप्त रूपमा संरक्षण हुने भएमा ।

Share this Law

दफा २९ः सुरक्षित साहूहरूको हकमा असर नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.