दफा १९ः स्वतः स्थगन हुने

Estimated reading: 0 minutes 330 views

१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले कुनै कम्पनीका सम्बन्धमा दफा १० को उपदफा (२) बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न आदेश दिएकोमा अदालतको अनुमति बिना देहायमा उल्लिखित कुनै कारोबार हुन सक्ने छैन र कारोबार भइरहेका तर पुरा भइनसकेको भए त्यस्ता कारबाहीहरू स्वतः स्थगन हुनेछन्‌;

(क) कम्पनीको शेयर हस्तान्तरण, बेचबिखन वा शेयरधनीको हैसियत परिवर्तन गर्ने,

(ख) कम्पनीको कुनै पनि जायजेथा हस्तान्तरण, बेचबिखन गर्ने वा कुनै किसिमले धितो वा बन्धक राख्ने,

(ग) कुनै फैसला वा आदेश अनुसार कम्पनीको कुनै जायजेथा जायजात गर्ने वा धितोको सम्पत्ति चलन चलाउने,

(घ) कम्पनीले पट्टा (लिज) मा लिएको कुनै सम्पत्ति पट्टा दिने व्यक्तिले फिर्ता लिने वा तत्सम्बन्धमा कुनै कानुनी कारबाही गर्ने,

(ङ) दफा १० को उपदफा (२) बमोजिम अदालतले दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेश दिँदाका बखत भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानी योग्य भएको ऋण भुक्तानी गर्ने वा सो बापत सुरक्षण दिने, र

(च) कम्पनीको कोषको रकम हस्तान्तरण गर्ने वा फिर्ता लैजाने।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै कारोबार स्वतः स्थगन भएको कारणले कुनै व्यक्तिले आफूलाई क्षति पुग्ने कारण देखाई अदालतमा निवेदन दिएमा निवेदकको व्यहोरा मनासिब भएको र त्यसबाट कम्पनी वा कम्पनीका साहूहरूको हितमा प्रतिकूल असर नपर्ने अदालतले ठहर गरेमा: कुनै कारोबार गर्न अदालतले आदेश दिन सक्नेछ ।

Share this Law

दफा १९ः स्वतः स्थगन हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.