दफा १८ः जाँचबुझ अधिकारीले प्रतिवेदन पेश गर्नु पर्ने

Estimated reading: 1 minute 292 views

१) जाँचबुझ अधिकारीले कम्पनीको वित्तीय तथा व्यावसायिक स्थितिको जाँचबुझ गरी सोको प्रतिवेदन अदालत समक्ष जाँचबुझ अवधिभित्र पेश गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त कम्पनीको वास्तविक वित्तीय स्थिति, जाँचबुझ अधिकारीले जाँचबुझ गरी प्राप्त गरेको विवरण तथा आफ्नो राय ठहर सहित दफा १३ को उपदफा (१) मा उल्लिखित कुनै एक विषयको निर्धारण गरी सोको सिफारिस प्रतिवेदनमा त्यसका आधार र कारणसमेत उल्लेख गर्नु पर्नेछ।

३) उपदफा (२) बमोजिम गरिएको सिफारिस साहूहरूको सभामा पेश भएको भए त्यस्तो सभामा उपस्थित बहुसङ्ख्यक साहूहरूले सो सिफारिस स्वीकार गरे वा नगरेको समेत उल्लेख गर्नु पर्नेछ।

४) उपदफा (१) बमोजिम पेश गरिएको प्रतिवेदनको एक-एक प्रति सम्बन्धित कम्पनी तथा कार्यालयमा समेत पठाउनु पर्नेछ र सम्बन्धित कम्पनी तथा कार्यालयले त्यसरी प्राप्त भएको प्रतिवेदन कम्पनीका शेयरधनी, सञ्चालक र साहूले हेर्न पाउने गरी राख्ने व्यवस्था गर्नु पर्नेछ।

Share this Law

दफा १८ः जाँचबुझ अधिकारीले प्रतिवेदन पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.