दफा १७ः ऋण लिन सक्ने

Estimated reading: 0 minutes 321 views

१) जाँचबुझ अधिकारीले कम्पनीलाई चालू राख्न वा कम्पनीको नियमित कारोबार सञ्चालन गर्न कुनै रकम आवश्यक भएको ठानेमा आवश्यक सुरक्षण दिई वा नदिई कुनै व्यक्तिबाट ऋण लिन सक्नेछ।

२) उपदफा (१) बमोजिम लिएको ऋण दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ अवधिमा खर्च गरेको रकम मानिनेछ र त्यस्तो रकमलाई यस ऐनमा व्यवस्था भए बमोजिमको प्राथमिकताका क्रममा भुक्तानी गर्नु पर्नेछ ।

तर ऋण लिनका लागि कम्पनीले दिएको सुरक्षण पहिले नै कसैलाई सुरक्षण बापत दिइसकेको रहेछ भने त्यस उपर दाबी पुग्ने अन्य व्यक्तिसँग सोका लागि जाँचबुझ अधिकारीले सम्झौता गरेकोमा बाहेक त्यस्तो सुरक्षण उपर दाबीको प्राथमिकताक्रम कायम रहने छैन।

Share this Law

दफा १७ः ऋण लिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.