दफा १५ः जाँचबुझ अवधिमा कम्पनीको व्यवस्थापन

Estimated reading: 0 minutes 317 views

१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ अवधिमा कम्पनीको व्यवस्थापन तथा नियमित कारोबार जाँचबुझ अधिकारीको सामान्य सुपरीवेक्षणमा कम्पनीको सञ्चालक समितिले सञ्चालन गर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीको सञ्चालक समितिले कम्पनीलाई ठीकसँग सञ्चालन नगरेको प्रतिवेदन जाँचबुझ अधिकारीले अदालतमा पेश गरेमा सञ्चालक समितिलाई हटाई निजलाई नै कम्पनीको व्यवस्थापन तथा नियमित कारोबार सञ्चालन गर्न अदालतले आदेश दिन सक्नेछ।

३) उपदफा (२) बमोजिम जाँचबुझ अधिकारीलाई कम्पनीको व्यवस्थापन तथा नियमित कारोबार सञ्चालन गर्न अदालतबाट आदेश भएकोमा निजले सो बमोजिम कारोबार सञ्चालन गर्नु पर्नेछ।

४) उपदफा (३) बमोजिम कम्पनीको नियमित कारोबार सञ्चालन गर्दा कम्पनीको जायजेथा वा व्यवसायको बिक्री जस्ता कुनै विशेष कारोबार गर्नु परेमा सोको कारण खोली अनुमतिको लागि अदालतमा निवेदन दिनु पर्नेछ र अदालतले सो बमोजिम अनुमति दिने आदेश गरेमा निजले त्यस्तो कारोबार गर्न सक्नेछ।

1५) उपदफा (४) बमोजिम निवेदन दिँदा कम्पनीको कुल सम्पत्तिको पचास प्रतिशत वा सोभन्दा बढी सम्पत्ति वा जायजेथा बेचबिखन गर्नु पर्ने रहेछ भने सो सम्बन्धमा साहूहरूको सभा वा समूहबाट निर्णय गराई त्यस्तो निर्णयको प्रमाणित प्रति साथै राखी निवेदन दिनु पर्नेछ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा १५ः जाँचबुझ अवधिमा कम्पनीको व्यवस्थापन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.