परिच्छेद-३ दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ

दफा १३ः दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ गर्नु पर्ने

Estimated reading: 0 minutes 121 views

१) अदालतले दफा १० को उपदफा (३) बमोजिम दामासाही सम्बन्धी कारबाही जाँचबुझ गर्न आदेश गरेकोमा देहायको कुरा निर्धारण गर्नको लागि जाँचबुझ अधिकारीले सम्बन्धित कम्पनीको वित्तीय स्थिति स्वतन्त्र रूपमा जाँचबुझ गर्नु पर्नेछ;

(क) कम्पनीको वित्तीय स्थितिमा सुधार हुन नसक्ने भएकोले तत्काल खारेज गर्ने आदेश जारी गर्नु पर्ने हो वा होइन,

(ख) दफा १४ बमोजिमको जाँचबुझ अवधि बढाउनु पर्ने हो वा होइन,

(ग) पुनर्संरचना कार्यक्रम मार्फत कम्पनीको पुनर्संरचना गर्नु पर्ने आदेश जारी गर्नु पर्ने हो वा होइन,

(घ) कम्पनी दामासाहीमा परिसकेको वा तत्काल पर्न सक्ने सम्भावना छ वा छैन।

२) जाँचबुझ अधिकारीले उपदफा (१) बमोजिम जाँचबुझ गरी अदालतले तोकेको समय अवधिभित्र जाँचबुझ प्रतिवेदन अदालतमा पेश गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदनमा अन्य कुराको अतिरिक्त साहूहरूको सभाले पारित गरेको कुनै प्रस्ताव भए सो प्रस्ताव, कम्पनीको प्रस्ताव र आफूले गरेको मूल्याङ्कन र सिफारिसहरू उल्लेख हुनु पर्नेछ।

Share this Law

दफा १३ः दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.