परिच्छेद-२ दामासाही सम्बन्धी कारबाही

दफा १०ः सुनुवाई जारी गरी निर्णय गर्नु पर्ने

Estimated reading: 0 minutes 45 views

१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले यस परिच्छेद बमोजिम पर्न आएको निवेदन उपर सुनुवाई गर्न तोकिएको दिनमा सुनुवाई प्रारम्भ भएपछि सोको अन्तिम किनारा नभएसम्म सुनुवाई जारी राखी निर्णय गर्नु पर्नेछ।

तर सुनुवाई भएको दिन समयाभावले गर्दा सुनुवाई पुरा गर्न वा निर्णय गर्न नभ्याएमा अदालत खुलेको दिन सो विषयमा सुनुवाई जारी गर्न यस व्यवस्थाले बाधा पुर्‍याउने छैन।

२) उपदफा (१) बमोजिमको सुनुवाई पुरा भएपछि अदालतले कम्पनीका सम्बन्धमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने वा नगर्ने आदेश दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम आदेश दिँदा अदालतले दामासाही सम्बन्धी जाँचबुझ गर्ने प्रयोजनका लागि दामासाही सम्बन्धी व्यवसायीलाई जाँचबुझ अधिकारीको रूपमा नियुक्ति गर्ने आदेश दिनेछ।

४) उपदफा (३) बमोजिम जाँचबुझ अधिकारी नियुक्ति गर्दा सो प्रयोजनको लागि कार्यालयले स्वीकृत गरेको सूचीमा नाम समावेश भएका व्यक्तिहरूमध्ये अदालतले उपयुक्त ठहराएको व्यक्तिलाई नियुक्ति गर्नु पर्नेछ।

Share this Law

दफा १०ः सुनुवाई जारी गरी निर्णय गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.