दफा ६८ः निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्ने

Estimated reading: 1 minute 287 views

१) नेपाल सरकारले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावलीको अधीनमा रही उद्योग प्रशासन सम्बन्धी काम कारबाहीलाई सहज र सरल बनाउन देहायका विषयमा आवश्यकता अनुसार निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेछः-

(क) उद्योग दर्ता तथा नियमन,

(ख) स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न,

(ग) उद्योगलाई उपलब्ध गराइने प्रोत्साहन, छुट, सुविधा वा सहुलियत,

(घ) रुग्ण उद्योग सम्बन्धी,

(ङ) औद्योगिक क्षेत्र, औद्योगिक करिडोर, औद्योगिक क्लष्टर र औद्योगिक ग्राम सम्बन्धमा,

(च) कोषको सञ्चालन र व्यवस्थापन,

(छ) सेवा प्रवाहमा विद्युतीय माध्यमको प्रयोग,

(ज) लगानी स्वीकृतिको स्वचालित प्रक्रिया,

(झ) नेपाल व्यवसाय मञ्चको कार्य सञ्चालन,

(ञ) एकल बिन्दु सेवा केन्द्र सञ्चालन सम्बन्धी,

(ट) व्यावसायिक सामाजिक जिम्मेवारी सम्बन्धी ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले विद्युतीय सेवा प्रवाहको प्रक्रिया समेतको सम्बन्धमा आवश्यक कार्यसञ्चालन कार्यविधि (स्टाण्डर्ड अपरेटिङ्ग प्रोसिडयोर) बनाई लागू गर्न सक्नेछ।

Share this Law

दफा ६८ः निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.