दफा ८ः अनुमति लिनु पर्ने

Estimated reading: 1 minute 348 views

१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची-१ मा उल्लिखित उद्योग दर्ता गर्नु अघि बोर्डबाट अनुमति लिनु पर्नेछ।

तर सोही अनुसूचीको क्रम सङ्ख्या १ मा उल्लिखित उद्योगहरु दर्ता गर्नु अघि नेपाल सरकार, मन्त्रिपरिषद्बाट अनुमति लिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम अनुमति आवश्यक पर्ने उद्योग दर्ता गराउन चाहने व्यक्तिले तोकिएको विवरण सहित तोकिएको ढाँचामा उद्योग दर्ता गर्ने निकाय मार्फत्‌ बोर्ड समक्ष निवेदन दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिमको निवेदन र सोसँग सम्बन्धित कागजात जाँचबुझ गर्दा आवश्यक विवरण वा कागजात संलग्न भएको देखिएमा उद्योग दर्ता गर्ने निकायले सात दिनभित्र आफ्नो राय सहित निर्णयको लागि बोर्ड समक्ष पेश गर्नेछ।

४) उपदफा (२) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा उद्योग दर्ता गर्न अनुमति दिने वा नदिने विषयमा बोर्डले तीस दिनभित्र निर्णय गरिसक्नु पर्नेछ।

५) उपदफा (४) बमोजिम बोर्डबाट अनुमति दिने निर्णय गर्दा बोर्डले आवश्यक थप शर्त र मापदण्ड समेत तोक्न सक्नेछ।

६) उपदफा (४) बमोजिम बोर्डबाट अनुमति दिने निर्णय भएकोमा विभागले निर्णयको जानकारी सहित तोकिएको ढाँचाको अनुमतिपत्र त्यस्तो निर्णय भएको पाँच दिनभित्र सम्बन्धित निवेदकलाई उपलब्ध गराउनु पर्नेछ।

७) उपदफा (६) बमोजिमको अनुमतिपत्रप्राप् व्यक्तिले अनुमतिपत्रमा उल्लेख भएको समयावधिभित्र उद्योग दर्ता गर्ने निकायमा उद्योग दर्ताको लागि निवेदन दिनु पर्नेछ। यसरी निर्धारित समयावधिभित्र निवेदन नदिएमा त्यस्तो अनुमतिपत्र स्वतः निष्क्रिय हुनेछ।

८) उपदफा (४) बमोजिम बोर्डबाट उद्योग दर्ता गर्न अनुमति नदिने निर्णय भएमा निर्णय भएको पाँच दिनभित्र उद्योग दर्ता गर्ने निकायले निवेदकलाई सोको जानकारी दिनु पर्नेछ।

९) उपदफा (६) बमोजिम अनुमति प्राप्त गर्ने आवेदकले उद्योग सञ्चालन, आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु अगावै त्यस्तो अनुमतिपत्र कुनै प्रकारले हक हस्तान्तरण गर्न, बेचबिखन गर्न वा स्वामित्व परिवर्तन गर्न सक्ने छैन।

तर उद्योग सञ्चालन वा आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु अगावै कुनै आवेदकको मृत्यु भएमा निजको प्रचलित कानून बमोजिमको हकवालाले आवेदकको हैसियतले बाँकी कार्य गर्न बाधा पर्ने छैन।

Share this Law

दफा ८ः अनुमति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.