दफा ५१ः औद्योगिक तथा लगानी प्रवर्द्धन कोष

Estimated reading: 1 minute 362 views

१) नेपाल सरकारले मुलुकको औद्योगिक लगानी प्रवर्दन तथा संरक्षणका लागि एक औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्नेछ।

२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछः-

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) स्वदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,

(ग) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका लघु, घरेलु तथा साना उद्यम विकास कोष, लघु, घरेलु तथा साना उद्योग कर्जा प्रवाह कोष, प्रविधि विकास कोष, महिला उच्चमशीलता विकास कोष, जोखिम पूँजी (भेञ्चर क्यापिटल) कोष, रुग्ण उद्योग पुनरूत्थान, पुननिर्माण तथा व्यवस्थापन कोष र औद्योगिक लगानी संरक्षण तथा प्रवर्द्धन कोषबाट भएको लगानी फिर्ता बापत प्राप्त वा त्यस्तो कोषमा रहेको रकम,

(घ) विदेशी सरकार, अन्तराष्ट्रिय संघ संस्थाबाट प्राप्त हुने द्विपक्षीय वा बहुपक्षीय अनुदान वा सहयोग रकम,

तर बिदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्थाबाट अनुदान वा सहयोग प्राप्त गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।

३) उपदफा (१) बमोजिमको कोषको रकम देहायको कार्यमा खर्च गर्न सकिनेछ :-

(क) लघु उद्यम, घरेलु तथा साना उद्योग विकास,

(ख) प्रविधि विकास,

(ग) औद्योगिक प्रवर्द्धन,

(घ) रुग्ण उद्योग पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन,

(ङ) महिला उद्यमशीलता विकास।

४) कोषको रकम उपदफा (३) बमोजिमको कार्यमा खर्च गर्दा कोषको स्वीकृत वार्षिक कार्यक्रमको अधीनमा रही लगानी तथा खर्च गर्नु पर्नेछ।

५) कोषको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ५१ः औद्योगिक तथा लगानी प्रवर्द्धन कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.