दफा २९ः थप सुविधा तथा सहुलियत

Estimated reading: 1 minute 350 views

देहायका उद्योगहरुलाई दफा २४, २५, २६, २७ र रद मा उल्लिखित छुट, सुविधा तथा सहुलियतका अतिरिक्त देहाय बमोजिमका थप सुविधा तथा सहुलियत दिन सकिनेछः-

(क) वन पैदावारमा आधारित उद्योगलाई कबुलियत वा लिजमा आवश्यक शर्त तोकी कुनै खास क्षेत्रको वन प्रचलित कानून बमोजिम भोगाधिकार उपलब्ध गराउन सकिने,

(ख) उद्योगले आफ्नो प्रयोजनको लागि उत्पादन गरेको विद्युतमा प्रचलित कानून बमोजिम लाग्ने दस्तुर वा रोयल्टी नलाग्ने,

(ग) उद्योगले आफ्नो प्रयोजनको लागि उत्पादन गरेको विद्युत बढी भई बिक्री गर्न चाहेमा बिक्री गरिने विद्युतको परिमाणमा आपसी सहमतिबाट कायम भएको दरमा प्रचलित कानून बमोजिम विक्री गर्न सकिने,

(घ) निर्यातमूलक उद्योग, विशेष आर्थिक क्षेत्र वा सरकारी वा निजी औद्योगिक क्षेत्रमा स्थापना हुने तोकिए बमोजिमका उद्योगलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप सुविधा तथा सहुलियत उपलब्ध गराउन सक्ने,

(ङ) राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग वा स्वदेशी कच्चा पदार्थ, श्रम र सीपको अधिकतम उपयोग वा नेपालभित्रै प्रविधि वा वस्तुको आविष्कार गरी स्थापना भएका उद्योगहरुको लागि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप सुविधा तथा सहुलियत दिन सक्ने,

(च) विद्युत आपूर्ति नभएको समयको अनुपातका आधारमा उद्योगले तिर्ने विद्युत महसुलमा लगाइआएको डिमाण्ड चार्ज तोकिएको आधारमा तोकिएको कार्यविधि अपनाई नेपाल सरकारले छुट दिन सक्ने,

(छ)अति अविकसित क्षेत्रमा उद्योग स्थापना गर्न सहकारी, लघु उद्यम, घरेलु र साना उद्योगलाई बीउ पूँजी (सिड क्यापिटल) को रुपमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिम अनुदान उपलब्ध गराउन सक्ने,

(ज) विदेशी लगानीमा सञ्चालित उद्योगलाई नयाँ वस्तुको उत्पादन तथा बजार विकास र प्रवर्द्धन गर्नका लागि त्यस्तो उद्योगले विदेशस्थित मूल कम्पनीबाट उत्पादित सामानहरु तोकिए वमोजिमको शर्त र सीमाभित्र रही निश्चित अवधिका लागि आयात गर्ने अनुमति प्रदान गर्न सकिने,

(झ) सुर्तीजन्य र मदिराजन्य उद्योग बाहेक दफा १७ को उपदफा (२) बमोजिमको उत्पादनमूलक उद्योग, कृषि तथा वन पैदावरमा आधारित उद्योग र खनिज उद्योगलाई नेपाल सरकारले तोकिए बमोजिम प्रोत्साहन, छुट, सुविधा वा सहुलियत उपलब्ध गराउन सक्ने,

(ञ) लघु, घरेलु तथा साना उद्योगले आफ्नो उद्योगको क्षमता अभिवृद्धि गर्न आवश्यक पर्ने मेसिनरी, यन्त्र, उपकरण जस्ता नवीन प्रविधि आयात गर्दा लाग्ने भन्सार महसुलमा छुट दिन सकिने,

(ट) औद्योगिक क्षेत्र, एकैप्रकारका वस्तु उत्पादन गर्ने केन्द्र (प्रोडक्ट स्पेसिफिक जोन) र उद्योग ग्रामभित्र सञ्चालनमा आएका उद्योगलाई नेपाल सरकारले प्रोत्साहन, छुट, सुविधा वा सहुलियत सम्बन्धमा विशेष व्यवस्था गर्न सक्ने,

(ठ) नेपाल सरकारले अति अविकसित, अविकसित र कम विकसित क्षेत्रमा स्थापना हुने उद्योगलाई थप प्रोत्साहन, छुट, सुविधा वा सहुलियत उपलब्ध गराउन सक्ने ।

Share this Law

दफा २९ः थप सुविधा तथा सहुलियत

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.