दफा १८ः उद्योगको स्थिर पूँजी

Estimated reading: 1 minute 365 views

१) यस ऐनको प्रयोजनको लागि उद्योगको स्थिर पूँजीको मूल्याङ्कन गर्दा देहायको सम्पत्तिलाई आधार मानी मूल्याङ्कन गरिनेछ:-

(क) जमिन तथा जमिनमुनि (अण्डरग्राउण्ड), अन्तरिक्ष, जल, वा जलमुनि निर्माण वा सुधार भएका भौतिक संरचना,

(ख) जमिनमाथि निर्माण भएका भौतिक संरचना (जस्तैः ढल निकास, आन्तरिक सडक, खानेपानीका संरचना, पानी आपूर्ति गर्ने प्रणाली),

(ग) उद्योगको कार्यालय, कारखाना, भवन वा गोदाम घर, 

(घ) कर्मचारी वा कामदारका लागि निर्माण भएको आवास भवन,

(ङ) विद्युत आपूर्ति तथा सोसँग सम्बन्धित उपकरण र प्रणाली,

(च) मेसिनरी, उपकरण, औजार तथा तिनका जगेडा पार्टपूर्जा,

(छ) परिवहनका साधन,

(ज) पूँजीगत प्रकृतिका कार्यालय सामग्री तथा उपकरण,

(झ) फिक्स्चर तथा फर्निचर,

(ञ) सञ्चार सामग्री तथा सोसँग सम्बन्धित उपकरण र प्रणाली।

२) उपदफा (१) मा उल्लिखित सम्पत्तिका अतिरिक्त उद्योग स्थापना हुनुभन्दा अघि वा निर्माणको विभिन्न चरणमा भएको देहायका खर्चलाई पनि उद्योगको स्थिर पूँजीको रुपमा मूल्याङ्कन गरिनेछ:-

(क) पूँजीकृत गरिने प्राविधिक तथा सुपरिवेक्षण खर्च,

(ख) पूर्व लगानी तथा पूर्व सञ्चालन खर्च,

(ग) पूँजीकृत हुने ब्याज खर्च,

(घ) उद्योग सञ्चालन पूर्वको वातावरणीय अध्ययन र अनुसन्धान खर्च।

Share this Law

दफा १८ः उद्योगको स्थिर पूँजी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.