दफा ३१ः लिजमा जग्गा उपलब्ध गराउने

Estimated reading: 0 minutes 365 views

१) राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग सञ्चालन गर्न नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा आवश्यक पर्ने भएमा त्यस्ता उद्योगले आफूलाई आवश्यक पर्ने जग्गाको क्षेत्रफल खुलाई जग्गा उपलब्ध गराई दिन उद्योग दर्ता गर्ने निकाय समक्ष तोकिए बमोजिम निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा उद्योग दर्ता गर्ने निकायले उद्योगलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउने सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाउन मन्त्रालयमा पेश गर्नेछ।

३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा नेपाल सरकारले प्रचलित कानून बमोजिम त्यस्तो जग्गा उद्योग सञ्चालनको प्रयोजनको लागि सम्बन्धित उद्योगलाई लिजमा उपलब्ध गराउन सक्नेछ।

४) उपदफा (३) बमोजिम नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा लिजमा उपलब्ध गराए बापत उद्योगले तिर्नु पर्ने रकम र लिज सम्बन्धी अन्य शर्तहरु नेपाल सरकार र सम्बन्धित उद्योगबीच हुने सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।

५) यस दफा बमोजिम लिजमा जग्गा प्राप्त गरी सञ्चालन भएको उद्योग कुनै कारणवश सञ्चालन हुन नसकेमा उपदफा (३) बमोजिम नेपाल सरकारले उपलब्ध गराएको जग्गाको लिज सम्झौता स्वतः रद्द हुनेछ र त्यस्तो जग्गा नेपाल सरकारले विनाशर्त स्वतः फिर्ता पाएको मानिनेछ।

६) उद्योगलाई लिजमा जग्गा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३१ः लिजमा जग्गा उपलब्ध गराउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.