दफा ४९ः औद्योगिक जनशक्ति

Estimated reading: 0 minutes 341 views

१) उद्योगलाई आवश्यक पर्ने जनशक्ति नेपाली नागरिकबाट पूर्ति गर्नु पर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रियस्तरको पत्रिकामा विज्ञापन प्रकाशन गर्दा पनि उद्योगको लागि चाहिने कुनै खास सीप वा दक्षता भएको जनशक्ति नेपाली नागरिकमध्येबाट उपलब्ध हुन नसकेमा वा उच्च व्यवस्थापन तहको पदमा उपदफा (३) बमोजिम विभागको सिफारिसमा श्रम सम्बन्धी प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिई बढीमा पाँच वर्षसम्मको लागि त्यस्तो उद्योगले विदेशी नागरिक नियुक्त गर्न सक्नेछ।

३) उपदफा (२) को प्रयोजनको लागि उद्योग दर्ता गर्ने निकायले सिफारिस गर्दा त्यस्तो उद्योगले माग गरे बमोजिमको सीप वा दक्षता भएको जनशक्ति नेपाली नागरिकबाट पूर्ति गर्न प्रयास गरेको, त्यस्तो सीप वा दक्षता भएको जनशक्ति उद्योगलाई आवश्यक भएको र त्यस्तो जनशक्ति नेपालमा उपलब्ध हुन नसकेको यकिन गरी श्रम विभागमा श्रम स्वीकृतिको लागि सिफारिस गर्नु पर्नेछ।

४) उपदफा (२) बमोजिम नियुक्त गरिएको विदेशी नागरिक विशिष्ट प्रकारको प्राविधिक भई त्यस्तो जनशक्ति नेपालभित्र उपलब्ध हुन नसक्ने भएमा उपदफा (३) बमोजिम स्वीकृति लिई त्यस्तो जनशक्तिलाई थप दुई वर्षसम्मको लागि पुनः नियुक्त गर्न सकिनेछ।

५) उपदफा (२) बमोजिम कुनै उद्योगमा बिदेशी नागरिक नियुक्त भएमा निजले प्राप्त गरेको पारिश्रमिकको सत्तरी प्रतिशत रकम परिवर्त्य विदेशी मुद्रामा नेपालबाहिर लैजान पाउनेछ।

६) उद्योगमा कार्यरत श्रमिकले उद्योगको सञ्चालन तथा त्यसको उत्पादनमा बाधा अवरोध पुग्ने गरी कुनै प्रकारका गतिविधि गर्न पाउने छैनन्‌। उद्योगमा कार्यरत श्रमिकले आफ्ना मागहरु प्रचलित श्रम सम्बन्धी कानूनले निर्धारण गरेको प्रक्रिया पूरा गरी शान्तिपूर्ण ढङ्गले व्यवस्थापन समक्ष राखी आपसी समझदारीमा समाधान गर्नु पर्नेछ।

७) उद्योगमा काम गर्ने श्रमिक र उद्योगवीच उत्पन्न व्यक्तिगत वा सामुहिक विवादको समाधान श्रम सम्बन्धी प्रचलित कानून बमोजिम गरिनेछ।

८) श्रमिकको कारणबाट उद्योग सञ्चालन तथा त्यसको उत्पादनमा बाधा वा अवरोध पुग्ने गरी कुनै प्रकारका गतिविधि भई उद्योग बन्द भएमा त्यसरी उद्योग बन्द गर्ने वा काम नगर्ने श्रमिक तथा कर्मचारीलाई त्यसरी काम नगरेको अवधिभरको पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित उद्योग वा प्रतिष्ठान बाध्य हुने छैन।

Share this Law

दफा ४९ः औद्योगिक जनशक्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.