दफा ११ः उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनु पर्ने

Estimated reading: 0 minutes 370 views

१) कुनै एक ठाउँमा सञ्चालन गर्ने गरी दर्ता भएको उद्योग कुनै कारणले अन्यत्र स्थानान्तरण गर्नु पर्ने भएमा सोको कारण खुलाई उद्योग दर्ता गर्ने निकाय समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

तर एक प्रदेशबाट अर्को प्रदेशमा स्थानान्तरण गर्नु पर्ने भएमा विभागको स्वीकृति लिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा उद्योग दर्ता गर्ने निकायले स्थानान्तरण भई जाने सम्बन्धित स्थानीय तहको सिफारिसमा उद्योग स्थानान्तरणको स्वीकृति दिन सक्नेछ । त्यसरी उद्योग स्थानान्तरणको लागि स्वीकृति प्रदान गरिएको जानकारी सम्बन्धित प्रदेशको उद्योग हेर्ने मन्त्रालय र स्थानीय निकायलाई समेत दिनु पर्नेछ।

३) उद्योग स्थानान्तरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ११ः उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.