दफा ७ः वातावरणीय प्रतिकूल असरको निराकरण गर्नु पर्ने

Estimated reading: 0 minutes 370 views

१) दफा ५ बमोजिम दर्ता भएको उद्योगले प्रचलित कानून बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरण परीक्षण गर्नु पर्ने भएमा सो सम्बन्धी प्रतिवेदन स्वीकृत भएपछि मात्र त्यस्तो उद्योग स्थापना, सञ्चालन, व्यावसायिक उत्पादन र कारोबार प्रारम्भ गर्नु पर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उद्योगको पूँजी वृद्धि, क्षमता वृद्धि, उद्देश्य थप, उद्देश्य परिवर्तन, उद्योगको ठाउँसारी वा स्थानान्तरण गर्नु पर्दा प्रचलित कानून बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण गर्नु पर्ने भएमा सो समेत गर्नु पर्नेछ।

३) उद्योग सञ्चालनका क्रममा वातावरणमा परेको वा पर्न सक्ने प्रतिकूल वातावरणीय असरको न्यूनीकरण गर्ने जिम्मेवारी सम्बन्धित उद्योगको हुनेछ।

४) यस दफा बमोजिम वातावरणीय प्रभावको न्यूनीकरण गरे नगरेको सम्बन्धमा उद्योग दर्ता गर्ने निकायले आवश्यकता अनुसार अनुगमन गरी निर्देशन दिन, कारबाही गर्न वा कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाउन सक्नेछ।

५) वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरण परीक्षण गर्नु नपर्ने उद्योगले उद्योग दर्ता गर्नको लागि निवेदन दिँदा वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरण परीक्षण गर्नु नपर्नाको आधार र कारण सहित आफ्नो उद्योग स्थापना तथा सञ्चालन गर्दा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न आवश्यक उपाय अबलम्बन गर्ने स्वघोषणा गर्नु पर्नेछ।

Share this Law

दफा ७ः वातावरणीय प्रतिकूल असरको निराकरण गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.