दफा २५ः भन्सार महसुल सम्बन्धी छुट, सुविधा वा सहुलियत

Estimated reading: 1 minute 378 views

यस ऐन बमोजिम दर्ता भएको उद्योगलाई देहाय बमोजिमको भन्सार महसुल छुट दिइनेछ:-

(क) बण्डेड वेयर हाउस वा नगद धरौटी (पासबुक) को सुविधा नलिएका उद्योगहरुले निर्यात गरेको हकमा अर्थ मन्त्रालयले ड्युटी ड्र व्याकको दर निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नेछ। त्यसरी निर्धारण भएको दर बमोजिमको ड्युटी ड्र व्याक रकम मन्त्रालयले एकल बिन्दु सेवा केन्द्र मार्फत फिर्ता गर्नेछ।

(ख) बण्डेड वेयर हाउसको इजाजत नलिएको उद्योगले आफ्ना उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित बैकिङ्ग प्रणालीको माध्यमबाट निर्यात गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ र नेपालमा उत्पादन नहुने प्याकेजिङ्ग सामग्री समेत आयात गर्दा लाग्ने भन्सार महसुल तोकिएको शर्त र कार्यविधिको अधीनमा रही धरौटी राखी आयात गर्न पाउने,

(ग) खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा उत्पादन नहुने प्याकेजिङ्ग सामग्रीको हकमा विभागले नेपालमा उत्पादन नहुने भनी प्रमाणित गरी सुविधा दिन सिफारिस गरेमा मात्र त्यस्तो उद्योगले खण्ड (ख) बमोजिमको सुविधा पाउने,

(घ) कुनै उद्योगले आफ्नो उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग सामग्रीमा लाग्ने भन्सार महसुल सामान्यत: त्यस्तो कच्चा पदार्थबाट उत्पादन हुने तयारी वस्तुको आयातमा लाग्ने भन्सार दरभन्दा एक तह कम हुने,

(ङ) उद्योगले आफ्नो व्यावसायिक प्रयोजनको लागि आयात गर्ने मेसिनरी वा दश किलोवाट वा सोभन्दा बढी क्षमताको जेनेरेटर वा औद्योगिक उपकरणमा न्यूनतम दरमा भन्सार महसुल लाग्ने,

(च) गुणस्तर मापन गर्ने प्रयोगशालाले गुणस्तर मापन गर्ने प्रयोजनका लागि आयात गर्ने मेसिनरी तथा वैज्ञानिक उपकरण र उद्योगले अनुसन्धान तथा बिकासको लागि आयात गर्ने मेसिनरी तथा उपकरणमा न्यूनतम दरमा भन्सार महसुल लाग्ने,

(छ) निर्यात हुने औद्योगिक वस्तुमा प्रयोग गरिने माध्यमिक वस्तु (इण्टरमिडियट गुड्स) उत्पादन गर्ने उद्योगले उत्पादन सामग्रीमा तिरेको भन्सार महसुल निर्यात भएको परिमाणको आधारमा सम्बन्धित माध्यमिक वस्तु उत्पादन गर्ने उद्योगलाई फिर्ता दिइने,

तर त्यस्तो रकम फिर्ता पाउन निर्यात गरेको एक वर्षभित्र दरखास्त नदिएमा फिर्ता दिइने छैन।

Share this Law

दफा २५ः भन्सार महसुल सम्बन्धी छुट, सुविधा वा सहुलियत

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.