दफा ६०ः म्याद थप वा पुनः दर्ता सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 1 minute 312 views

१) यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम उद्योग दर्ता भई उद्योगको सञ्चालन वा व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद समाप्त भई उद्योग सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न नसकेका उद्योगहरु वा यसअघि म्याद थप भई थपिएको म्यादभित्र समेत उद्योगको सञ्चालन वा व्यावसायिक उत्पादन वा कारोबार गर्न नसकी म्याद गुजारेका उद्योगले निवेदन दिन पाउने गरी एक पटकका लागि यो ऐन प्रारम्भ भएको तीन महिनाभित्र म्याद थपका लागि उद्योग दर्ता गर्ने निकाय समक्ष निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा उद्योग दर्ता गर्ने निकायले म्याद थप गर्नु पर्ने मनासिब कारण देखेमा यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी देहाय बमोजिमको विलम्ब शुल्क लिई म्याद थप गर्न सक्नेछ:-

(क) लघु उद्यमको हकमा प्रतिवर्ष पाँच हजार रुपैयाँका दरले,

(ख) घरेलु तथा साना उद्योगको हकमा प्रतिवर्ष पन्ध्र हजार रुपैयाँका दरले,

(ग) मझौला उद्योगको हकमा प्रतिवर्ष पचास हजार रुपैयाँका दरले,

(घ) ठूला उद्योगको हकमा प्रतिवर्ष एक लाख पचास हजार रुपैयाँका दरले।

३) उपदफा (२) बमोजिम कुनै उद्योगको म्याद थप सम्बन्धी निर्णयको जानकारी सम्बन्धित निवेदकलाई निर्णय भएको सात कार्य दिनभित्र दिनु पर्नेछ।

Share this Law

दफा ६०ः म्याद थप वा पुनः दर्ता सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.