दफा ३८ः एकल बिन्दु सेवा केन्द्रको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 386 views

१) एकल बिन्दु सेवा केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) प्रचलित कानून बमोजिम कम्पनी, फर्म वा उद्योगको दर्ता, अनुमति वा इजाजत, नवीकरण, कारोबार अनुमति, क्षमतावृद्धि र कम्पनी, फर्म वा उद्योगको खारेजी (दामासाही बाहेक) लगायतका उद्योग तथा व्यवसाय प्रशासनसँग सम्बन्धित कार्य गर्ने,

(ख) प्रचलित कानून बमोजिम विदेशी लगानीको स्वीकृति सम्बन्धी कार्य गर्ने,

(ग) प्रचलित कानून बमोजिम श्रम स्वीकृति र कार्य सहमति सम्बन्धी कार्य गर्ने,

(घ) प्रचलित कानून बमोजिम भिसा सुविधा सम्बन्धी कार्य गर्ने,

(ङ) प्रचलित कानून बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी कार्य गर्ने,

(च) उद्योगलाई आगश्यक पर्ने विद्युत, पानी, सञ्चारका साधन, जग्गा, सडक जस्ता पूर्वाधार सेवा उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गर्ने तथा अन्य निकायहरुबीच सम्पर्क बिन्दु (फोकल पोइण्ट) सम्बन्धी कार्य गर्ने,

(छ) प्रचलित कानून बमोजिम उद्योग एवं लगानीकर्तालाई प्राप्त हुने प्रोत्साहन, छुट, सुविधा वा सहुलियत प्रदान गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका निर्णय कार्यान्वयन गर्ने वा गराउने,

(ज) प्रचलित कानून बमोजिम विदेशी मुद्रा विनिमय स्वीकृति सम्बन्धी कार्य गर्ने,

(झ) प्रचलित कानून वमोजिम स्थायी लेखा नम्बर प्रदान गर्ने,

(ञ) वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार विभागबाट प्रदान हुने निकासी, पैठारी सङ्केत नम्बर लिने कार्य र वण्डेड वेयर हाउसको सहजीकरण सम्बन्धी कार्य गर्ने,

(ट) बोर्डले आफ्ना काम, कर्तव्य र अधिकार अन्तर्गत प्रत्यायोजन गरेका कार्यहरू गर्ने,

(ठ) उद्योगलाई आवश्यक पर्ने खानी लगायतका निकायगत स्वीकृति आवश्यक पर्ने विषयमा निवेदन लिई स्वीकृतिपत्र उपलव्ध गराउन निकायगत समन्वय गर्ने,

(ड) उद्योग व्यवसाय दर्ताका लागि आवश्यक पर्ने कागतजात पहिचान गरी विद्युतीय स्वरुपमा लिने र सबै निकायमा विद्युतीय प्रणालीबाट अन्तरनिकायले प्रयोग गर्ने गरी प्रणालीको विकास गरी कार्यान्वयन गर्ने,

(ढ) उद्योगलाई आवश्यक पर्ने जग्गा प्राप्तिमा आवश्यक समन्वय र सहजीकरण गर्ने, लिजमा जग्गा उपलब्ध गराउन सहयोग गर्ने र हदबन्दीभन्दा बढी जग्गा उपलब्ध गराउन आवश्यक समन्वय गर्ने, 

(ण) आयात अनुमति लिनु पर्ने मालवस्तु भएमा प्रचलित कानून बमोजिम अनुमति दिने वा सोको लागि सिफारिस गर्ने,

(त) लगानी पोर्टलको स्थापना र सञ्चालन गरी लगानी सम्बन्धी सूचना तथा जानकारी उपलब्ध गराउने,

(थ) उद्योग व्यवसायलाई आवश्यक पर्ने सबै प्रकारका सिफारिस तथा सहजीकरणको कार्य गर्ने,

(द) मन्त्रालय र बोर्डको निर्णयवा निर्देशन कार्यान्वयन गर्ने गराउने,

(ध) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका अन्य कार्यहरु गर्ने।

२) यस दफा बमोजिम एकल बिन्दु सेवा केन्द्रले गरेको निर्णय सम्बन्धित निकायले कार्यान्वयन गर्नु पर्नेछ।

३) एकल बिन्दु सेवा केन्द्रको सञ्चालन, व्यवस्थापन एवं सो केन्द्रबाट प्रदान गरिने सेवा सुविधा तथा सहुलियत र सोको प्रक्रिया सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ।

Share this Law

दफा ३८ः एकल बिन्दु सेवा केन्द्रको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.