दफा ३७ः एकल बिन्दु सेवा केन्द्रको स्थापना

Estimated reading: 0 minutes 294 views

१) यस ऐन तथा प्रचलित अन्य कानून बमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, प्रोत्साहन, छुट, सुविधा वा सहुलियत सरल एवं सहज प्रक्रियाद्वारा र नेपाल सरकारका विभिन्न निकायबाट सम्पादन गरिने कार्यहरू समयमै एकै स्थानबाट उपलब्ध गराउने तथा उद्योग स्थापनाको अनुमति, दर्ता, बिस्तार तथा खारेजीसम्मका उद्योग प्रशासन सम्बन्धी सेवाहरू प्रवाह गर्ने प्रयोजनको लागि नेपाल सरकारले तोकिए बमोजिम एकल बिन्दु सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउन सक्नेछ।

२) उपदफा (१) बमोजिमको एकल बिन्दु सेवा केन्द्र रहने स्थान, केन्द्रका माध्यमबाट उद्योगहरुलाई पुर्‍याइने  सेवा, केन्द्रमा रहने निकायगत प्रतिनिधित्व तोकिए बमोजिम हुनेछ।

३) एकल बिन्दु सेवा केन्द्रमा निकायगत प्रतिनिधित्वको लागि सम्बन्धित निकायले आवश्यक सङ्ख्यामा कर्मचारी खटाउनु पर्नेछ। त्यसरी खटाउँदा त्यस्तो कर्मचारीलाई प्रचलित कानूनको अधीनमा रही अधिकारप्राप्त अधिकारीले आवश्यक अधिकारसमेत प्रत्यायोजन गर्नु पर्नेछ।

४) एकल बिन्दु सेवा केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

५) उपदफा (१) बमोजिम एकल बिन्दु सेवा केन्द्रको स्थापना नभएसम्मको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एकल बिन्दु सेवा सञ्चालन समिति गठन गर्नेछ।

Share this Law

दफा ३७ः एकल बिन्दु सेवा केन्द्रको स्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.