दफा ३३ः प्रोत्साहन, छुट, सुविधा वा सहुलियतको प्रत्याभूति

Estimated reading: 0 minutes 263 views

१) यस ऐन बमोजिम उद्योगलाई उपलब्ध गराइएको प्रोत्साहन, छुट, सुविधा वा सहुलियतमा कम हुने गरी कुनै व्यवस्था गरिने छैन।

तर यस दफाको कुनै व्यवस्थाले थप प्रोत्साहन, छुट, सुविधा वा सहुलियत उपलब्ध गराउन बाधा पुर्‍याएको मानिने छैन।

२) यो ऐन प्रारम्भ हुनुभन्दा तत्काल अघि बहाल रहेको औद्योगिक व्यवसाय ऐन, २०७३ अन्तर्गत अनुमति प्राप्त गरी वा दर्ता गरी सञ्चालनमा रहेको उद्योगले सो ऐन बमोजिम अवधि किटिएको प्रोत्साहन, छुट, सुविधा वा सहुलियतका हकमा सोही ऐन बमोजिम र अवधि नकिटिएको प्रोत्साहन, छुट, सुविधा वा सहुलियतका हकमा यस ऐन बमोजिमको प्रोत्साहन, छुट, सुविधा वा सहुलियत पाउनेछ।

३) यो ऐन प्रारम्भ हुनुअघि दर्ता भएको वा अनुमति प्राप्त गरेको तर यो ऐन प्रारम्भ भएपछि मात्र व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको उद्योगले यस ऐन बमोजिमको छुट, सुविधा वा सहुलियत पाउनेछ।

तर त्यस्तो उद्योग दर्ता वा अनुमति प्राप्त गर्दाका बखत कायम रहेको औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम प्रोत्साहन, छुट, सुविधा वा सहुलियत पाउने अवधि यस ऐनले प्रदान गरेको प्रोत्साहन, छुट, सुविधा वा सहुलियतभन्दा बढी अवधिको भएमा वा यस ऐन बमोजिम त्यस्तो प्रोत्साहन, छुट, सुविधा वा सहुलियत नपाउने भएमा तत्काल प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानून बमोजिमको प्रोत्साहन, छुट, सुविधा वा सहुलियत पाउनेछ।

४) उद्योगहरुलाई उपलब्ध गराइने प्रोत्साहन, छुट, सुविधा वा सहुलियत सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३३ः प्रोत्साहन, छुट, सुविधा वा सहुलियतको प्रत्याभूति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.