१) कुनै उद्योगलाई आवश्यक पर्ने जग्गा प्रचलित कानून बमोजिम राख पाउने जग्गाको अधिकतम हदभन्दा बढी भएमा सो वढी भएसम्मको जग्गा राख्ने छुट पाउन त्यस्तो उद्योगले उद्योग दर्ता गर्ने निकाय समक्ष निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर उद्योग दर्ता गर्ने निकायले आवश्यक जाँचबुझ गरी राय सहितको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नेछ।

३) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर उद्योगको आवश्यकता र उद्योगको स्वीकृत स्कीम वा परियोजना प्रस्तावमा उल्लेख भएबमोजिम तोकिएको मापदण्डको अधीनमा रही नेपाल सरकारले हदबन्दीभन्दा बढी जग्गा राख पाउने गरी छुट दिन सक्नेछ। त्यसरी हदबन्दीभन्दा बढी छुट दिएको जग्गा जुन प्रयोजनको लागि छुट दिइएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन।

४) उद्योगले प्रचलित कानून बमोजिम हदबन्दीमा छुट पाएको जग्गा स्वीकृत उद्देश्य बमोजिम उपयोग गरे नगरेको सम्बन्धमा उद्योग दर्ता गर्ने निकायले तोकिए बमोजिम अनुगमन गरी वा गर्न लगाई आवश्यक निर्देशन दिन सक्नेछ।

५) उपदफा (४) बमोजिम उद्योग दर्ता गर्ने निकायले दिएको निर्देशन पालना नगरेको पाइएमा त्यस्तो उद्योगले राख अनुमति पाएको हदबन्दीभन्दा बढी जग्गा नेपाल सरकारले प्रचलित कानून बमोजिम विनाशर्त फिर्ता लिन सक्नेछ।

६) प्रचलित कानून बमोजिम हदबन्दीभन्दा बढी जग्गा राख अनुमतिप्राप्त उद्योगले त्यसरी हदबन्दीभन्दा बढी राखेको जग्गा बिक्री वितरण गर्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न वा बैङ्क तथा बित्तीय संस्थामा धितो राखी क्ररण लिन पाउने छैन।

७) उद्योगको आवश्यकता, पुँजी र प्रकृतिको आधारमा उद्योगले राख्न पाउने अधिकतम जग्गाको परिमाण, हदबन्दीभन्दा बढी जग्गा उपलब्ध गराउने सम्बन्धी व्यवस्था तथा सो सम्बन्धमा उद्योगले पालना गर्नु पर्ने शर्त लगायतको मापदण्ड भूमि सम्बन्धी प्रचलित कानूनको अधीनमा रही तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३२ः जग्गाको अधिकतम हदबन्दीमा छुट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.