दफा २३ः प्रदेश औद्योगिक तथा लगानी प्रवर्दन बोर्ड सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 298 views

१) प्रदेशमा दर्ता भई सञ्चालन हुने उद्योगमा लगानी प्रवर्द्धन गर्न प्रदेश कानून बमोजिम एक प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड गठन गर्न सकिनेछ।

२) उपदफा (१) बमोजिम स्थापित प्रदेश औद्योगिक लगानी प्रवर्द्धन बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) – प्रदेशको समग्र औद्योगिक प्रवर्द्धनको सम्बन्धमा नियमित समीक्षा गरी त्यसमा आवश्यक सुधार गर्न प्रदेश सरकार समक्ष सिफारिस गर्ने,

(ख) औद्योगिक प्रदूषण नियन्त्रण सम्बन्धी नीतिको कार्यन्वयन गर्न आवश्यक कार्य गर्ने,

(ग) प्रदेशको औद्योगिक विकासको स्थितिको समग्र मूल्याङ्कन तथा समीक्षा गरी आवश्यक कदम चाल्न प्रदेश सरकार समक्ष सुझाव तथा सिफारिस गर्ने,

(घ) प्रदेशमा दर्ता भएका उद्योग व्यवसायीको गुनासो सुनुवाई गरी समस्या समाधान गर्ने वा गराउने तथा सम्बन्धित निकायलाई मार्गदर्शन गर्ने,

(ङ) प्रदेशभित्रका औद्योगिक क्षेत्रमा स्वदेशी लगानी अभिवृद्धि गर्ने सन्दर्भमा आवश्यकता अनुसार अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने गराउने,

(च) प्रदेशभित्र सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रभावकारी, समन्वयात्मक र सामञ्जस्यपूर्ण सहकार्यमा प्रतिस्पर्धात्मक औद्योगिक वातावरण निर्माण गर्न आवश्यक कार्य गर्ने गराउने,

(छ) औद्योगिक व्यवसाय विकास र विस्तारका लागि प्रदेश तथा स्थानीय तहहरुबीच समन्वय गर्नु पर्ने विषयमा आवश्यक मार्गदर्शन गर्ने र समन्वयको आवश्यक व्यवस्था मिलाउने,

(ज) उद्योग सम्बन्धी कुनै संघीय कानूनको कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न भएमा त्यसको समाधानको लागि मन्त्रालयमा लेखी पठाउन सम्बन्धित प्रदेश मन्त्रालयलाई निर्देशन दिने,

(झ) एकल बिन्दु सेवा केन्द्रबाट प्राप्त हुने सेवा सुविधाको सम्बन्धमा मन्त्रालय मार्फत्‌ बोर्डसँग समन्वय गर्ने,

(ञ) प्रदेशमा दर्ता भएका उद्योगको प्रवर्द्धनको सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने वा गराउने ।

३) प्रदेश औद्योगिक लगानी प्रवर्द्धन बोर्डले प्रदेशको औद्योगिक तथा लगानी प्रवर्द्धनका लागि आवश्यक देखेका विषयमा सम्बन्धित प्रदेश मन्त्रालय मार्फत्‌ मन्त्रालयमा सुझाव तथा सिफारिस गर्न सक्नेछ।

Share this Law

दफा २३ः प्रदेश औद्योगिक तथा लगानी प्रवर्दन बोर्ड सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.